प्यूठानमा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सुरु भएको छ। हालसम्म १ हजार ३४७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशान्त बैदिकले सुरुआती अग्रता लिएका छन्।
बिज्ञापन
गणनाको प्रारम्भिक नतिजाअनुसार बैदिकले ५०५ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज पोखरेलले ४६६ मतसहित पछ्याइरहेका छन्।यसैगरी राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले १३४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले १०८ मत पाएका छन्।
नेकपा एमालेका उम्मेदवार सूर्य थापा भने हालसम्म पाँचौं स्थानमा रहेका छन्। उनले ६९ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणामका लागि अझै समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


























