संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव बढुवाको संशोधित सूची सार्वजनिक गरेको छ । आयोगले यस अघि जेष्ठता र कार्यसम्पादन मुल्यांकनबाट नेपाल प्रशासन सेवा,लेखा समूहतर्फका ४ जना शाखा अधिकृतको बढुवाको सूची प्रकाशन गरेको थियो ।
बिज्ञापन
बढुवा सिफारिस समितिको गत पुस २२ को निर्णय अनुसार पदपूर्ति हुने ४ पदमा २५ सम्भाव्य उमेद्धार कायम भएका थिए । जसमा पुष्कर निरौला,शंकर दत्त भट्ट,खड्ग बहादुर शाही,सुमन मरासिनी,मुक्ति रमण पराजुली,शालिग्राम चौधरी,मानदेव ठाकुर,चेतनाथ आचार्य,राजेन्द ओझा,राजेन्द्रप्रसाद आचार्यहरु सम्भाव्य उमेद्धारका रुपमा थिए । समितिले सार्वजनिक गरेको बढुवा सिफारिसविरुद्ध उपर लोकसेवा आयोगमा उजुरी परेपछि आयोगले दुई महिना पछि आज संशोधित सूची सार्वजनिक गरेको हो ।
लोकसेवा आयोगमा परेको उजुरीका आधारमा लोकसेवा आयोगले निर्णय अनुसार बढुवाको सूची संशोधन गरेको छ । समितिले पुष्कर निरौला,शंकर दत्त भट्ट,खड्ग बहादुर शाही र शालिग्राम चौधरीलाई बढुवा गरेको हो ।


























