निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कार्यालय प्रमुख र माध्यमिक शिक्षकलाई विभागीय कारवाहीको सिफारिस

‘निर्वाचन आचारसंहिता, २०८२’ पालना नगर्ने कर्मचारीदेखि शिक्षकलाई कारवाहीको सिफारिस गरिएको छ । निर्वाचन आयोगले आचारसंहिताउल्लंघन गर्ने शिक्षकदेखि कर्मचारीलाई कारवाहीको सिफारिस गरेको हो ।
केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५७ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ८१ जनालाई लिखित स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जनाएका छन् ।
यसैबीच आयोगले एक कर्मचारी र अर्काे माध्यमिक तहका शिक्षकलाई समेत विभागीय कारवाहीका लागि सिफारिस गरेको छ । यसरी कारवाहीका सिफारिस गरिएकामध्ये एक कार्यालय प्रमुख रहेका छन् । आयोगले ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख रामदेव चौधरीलाई विभागीय कारबाहीको सिफारिस गरेको हो ।
चौधरीले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी सामाजिक सञ्जालमा द्वेषपूर्ण तथा अपमानजनक भाषामा अभिव्यक्ति दिएको भेटिएसँगै उनलाई आचारसंहिता, २०८२ को दफा ७ को खण्ड (क) र (झ) विपरीतको कार्य गरेको देखिएको कारण उनलाई विभागीय कारवाहीको लागि सिफारिस गरेको हो ।

बिज्ञापन

उता,धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकाका माध्यमिक विद्यालयका शिक्षक दीपनारायण ठाकुरलाई पनि विभागीय कारबाही गर्न आयोगले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।ठाकुरले राजनीतिक गतिविधिमा संलग्न भई निर्वाचन आचारसंहिता, २०८२ को दफा १० को खण्ड (क) प्रतिकूल कार्य गरेको बताउँदै आयोगले शिक्षा ऐन, २०२८ बमोजिम विभागीय
कारबाही गरी आयोगमा जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको छ । यी शिक्षक र कर्मचारीहरुलाई विभागीय कारवाहीका लागि मन्त्रालयमा सिफारिस गरी सो को जानकारी आयोगलाई दिन आयोगले निर्देशन दिएको छ ।
आचारसंहिताको दफा ४७ मा त जो सुकैले आचारसंहिता उल्लङ्घन सम्बन्धी उजुरी दिन सक्ने पनि व्यवस्था छ। कसैले यो आचारसंहिता उल्लङ्घन गरेको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिताको परिच्छेद ८ बमोजिमका समिति, टोली वा अनुगमन अधिकृत समक्ष अनुसूची ४ बमोजिमको ढाँचामा उजुरी दिन सक्ने व्यवस्था छ ।
यसरी उजुरी दिँदा आधार, कारण र सो सम्बन्धी कुनै प्रमाण भए सो समेत संलग्न गरी दिनुपर्नेछ। यसरी उजुरी दिइएकोमा सम्बन्धित निकाय वा अधिकारीले सोको अभिलेख राखी आवश्यक कारबाही प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ। आचारसंहिता उल्लंघन गरेको पाइएमा,उजुरी परेमा उनीहरूलाई स्पष्टीकरण सोधिने छ। त्यसपछि कारबाही प्रक्रिया अगाडि बढाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार निर्वाचन आयोगले एक शिक्षक र अर्का कर्मचारीलाई विभागीय कारवाहीका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्थका चार कर्मचारी लेखा परीक्षण अधिकारीमा बढुवा सिफारिस

निर्वाचनकै मुखमा लमजुङका सिडिओ निलम्बित

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कार्यालय प्रमुख र माध्यमिक शिक्षकलाई विभागीय कारवाहीको सिफारिस

इमान्दार सहसचिव झालाई मन्त्रीको ठाडो दबाबः नमान्दा सतर्कतामा धकेलिँदै

नासु,कम्युटर अपरेटर,प्रदेश सचिवसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

मालपानीको गाडीमा १०१ प्रतिशत भन्सार छुट,वीरगञ्ज भन्सारबाट चार कर्मचारी तानिए विभाग

भोलि ९ स्थानीय तहमा सार्वजनिक बिदा

इमान्दार सहसचिवको व्यथा : हिजो ठेकेदारबाट सेकिए,अहिले जेनजी मन्त्रीबाट पेलिए

बिशेष