स्थायी सरकार मानिएका व्युरोक्रेसी माथि व्यवसायीमात्र होइन जेनजी मन्त्री समेत हावी हुन थालेका छन् । समानान्तर निर्माण सेवाका नाममा समानान्तर सत्ता चलाइरहेका अच्युत खरेलको स्वार्थ विपरित काम गर्दा सहसचिव प्रभात कुमार झा हिजो मन्त्रालयमा तानिएका थिए । अहिले तिनै सहसचिव मन्त्री र उनको सचिवालयको ठाडो र अनुचित दवाव थेग्न नसक्दा सरुवा भएर सबैभन्दा कमजोर कार्यालय मानिएको राष्ट्रिय सतर्कता जान खोजेका छन ।
बिज्ञापन
अहिले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारीमा छन्,माधव चौलागाई,उनले कर्णाली प्रदेशमा बजेट हाल्न र कानुन अनुसार नमिल्ने कामका लागि अनुचित दवाव बढाएपछि सहसचिव झा सरुवा हुन खोजेका हुन । उसो त मन्त्री चौलागाईले वन मन्त्रालयमा समेत कर्णालीकै कर्मचारीहरु ल्याएर भरेका छन् । सिनियर र इमान्दार कर्मचारीहरु वनबाटै लखेटेर त्यहाँ जुम्लेली कर्मचारीहरु भरेका थिए ।
तिनै मन्त्री र सचिवलायको ठाडो दवाव थेग्न नसकेर र अनुचित काम गर्न नमान्दा उनलाई त्यहाँबाट सरुवा गर्न लागिएको हो । झा तिनै कर्मचारी हुन,जो सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुखको भूमिकामा थिए । ग्वार्कोमा निर्माणधीन फ्वाइओभरको काम गुणस्तरहिन भएको र गुणस्तरीय काम गर्न भन्दै पत्राचार गर्दा उनी त्यहाँबाट खेदिएका कर्मचारी हुन।
फ्लाइओभर निर्माणका क्रममा निर्माण कम्पनीले स्ल्याभहरु मापदण्डविपरित राखेका, विभिन्न पार्टको डिजाइन सडक विभागमा उपलब्ध नगराएपछि त्यसमा कैफियत रहेको कारण सुधार गर्ने निर्देशन दिँदा उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएका छन्,साता दिन अगाडि । गुणस्तरहीन औंल्याइएको कामको सुधार गर्नुको सट्टा झालाई उल्टै त्यहाँबाट लखेटिएको थियो । उनलाई त्यहाँबाट सरुवा गरेर मन्त्रालयको सडक ट्राफिक हुँदै मन्त्रालयको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको योजना महाशाखाकाको जिम्मेवारी दिइएको थियो ।
उनै झा मन्त्रीको अनुचित दवाव थेग्न नसकेपछि सरुवा हुन खोजेका हुन । बिना अध्ययन हचुवाको भरमा योजना बनाउन दबाब दिए पनि झाले नमानेका कारण उनलाई सरुवा गर्न खोजिएको मन्त्रालय स्रोतको भनाई छ । झा मन्त्रालयका सिनियर र इमान्दार सहसचिवको रुपमा चिनिन्छन् । उनलाई मन्त्री र तिनका सचिवालयका तर्फबाट अनुचित दवाव दिइएका कारण सो थेग्न नसकेपछि सरुवा गराइन लागेको हो ।

























