६ सचिवको विदेश भ्रमण स्वीकृत,दुई सहसचिवको पदस्थापन : यस्ता छन् क्याविनेटका २५ निर्णय

मन्त्रिपरिषद् बैठकका विभिन्न २५ निर्णय सार्वजनिक भएको छ । गत फागुन १२ मा बसेको मन्त्रिपरिषद् बैठकले सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिज्ञापन

यस्तै, निर्वाचन प्रहरी घाइते भएमा सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने र सो अवधिमा कुनै सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि क्याविनेटले गरेको छ ।
यस्तै ,चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुन लागेको काठमाडौं चक्रपथ सुधार आयोजना अन्तर्गत ुकलंकीदेखि वसुन्धरासम्मुको खण्डका लागि आयोजना कार्यान्वयन सम्झौतामा उल्लेखित विषयहरूमा कर छुट दिने,नेपाल सरकारको प्रतिनिधित्व गर्दै फागुन ४ देखि ७ गतेसम्म बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानको शपथ ग्रहण समारोहमा सहभागी भएका परराष्ट्रमन्त्रीको भ्रमणलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्ने, नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको तदर्थ समितिलाई २०८३ साल असार मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय भएको छ । सोही अवधिभित्र नयाँ कार्यसमिति गठन गर्ने गरी बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यस्तै, हितमान गुरुङलाई बेलायतका राजाबाट प्रदान गरिने मस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर उपाधि ग्रहण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै,१६औँ योजना कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने,चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

बिज्ञापन

यस्तै,बीमा ऐन, २०७९ को दफा (४) बमोजिमको कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न नेपालका ७७ वटै जिल्ला अदालतलाई तोक्ने,न्याय सेवा आयोगको सिफारिस बमोजिम दुई जना उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीको पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

यस्तै,२०८३ वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ । यस्तै,हितमान गुरुङलाई बेलायतका राजाद्वारा प्रदान गरिने मस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिश एम्पायर बीईएम उपाधि ग्रहण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्रिपरिषद् बैठकले ०८२ चैत २५ देखि २७ गतेसम्म फ्रान्समा आयोजना हुने २१औँ इन्टरपोल एनुअल हेड्स अफ एनसीबी कन्फरेन्समा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सहभागी हुन स्वीकृत दिने,०८२ फागुन १८ र १९ गते भारतमा हुने रायसिना इनसाइट्स फोरम २०२६ विषयक कार्यक्रममा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओमप्रकाश जोशीलाई सहभागी हुन स्वीकृत दिने निर्णय गरेको छ ।

बिज्ञापन

यस्तै,न्यु योर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय महिलाको स्थिति सम्बन्धी आयोगको ७०औँ सम्मेलनमा २०८२ फागुन २५ देखि चैत ५ गतेसम्म सहभागी हुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको क्याविनेटले नेपाली सेनाका दुई जना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने र दुई जना महासेनानीको सरुवा गर्ने।

यस्तै,जेनजी परिषद् गठन गर्ने,नेपाल सरकारका सचिवहरू डा रामप्रसाद घिमिरे र डा हरिप्रसाद लम्साललाई अनिवार्य अवकाशको जानकारी दिने र उनीहरूले हालसम्म पुर्‍याएको योगदानको लागि नेपाल सरकारको तर्फबाट धन्यवाद दिने गरेको क्याविनेटले नेपाल सरकारका राजपत्रांकित विशिष्ट श्रेणीका ६ जना अधिकृतहरूको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ सचिवको विदेश भ्रमण स्वीकृत,दुई सहसचिवको पदस्थापन : यस्ता छन् क्याविनेटका २५ निर्णय

प्रतिनिधि सभाका उमेद्धारसँगै छैन राष्ट्रिय परिचयपत्र,६० प्रतिशतले खोलेनन् बैंक खाता

०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण,पञ्चांगमा एकै बर्ष थपिँदैछन् २५ चाडपर्व

मर्यादा विपरितका शिक्षकलाई चुनावी जिम्मेवारी,तीन वटै संगठनको आपत्ति

प्रधानमन्त्री र मुख्यसचिवबीच मतभेद,२५ सहसचिवको पदस्थापन अलपत्र

रंगेहात समालिए विचौलिया,भ्रष्टाचारमा मुछिए अधिकृत

सुगमबाट दुर्गममा सरुवा मिलाएका को- को भए नासुमा बढुवा ?

हचुवामा दरबन्दी सृजना गर्ने विकृतीमा लगाम,बन्दैछ ओएनएमको राष्ट्रिय मापदण्ड

बिशेष