प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिँदै गर्दा कतिपय स्थानीय तहका कर्मचारीहरुले भने मर्यादाक्रमको ख्याल नगरिएको भन्दै जिम्मेवारीप्रति असहमति जनाएका छन् ।
बिज्ञापन
निर्वाचनमा खटाउँदा पदीय मर्यादाको ख्याल नगरिएको भन्दै ओखलढुंगा जिल्लाका दुई पालिकाका कर्मचारीहरुले आर्थिक सुविधा नलिई निर्वाचनमा खटिने प्रतिबद्धता व्यक्त गरेका छन् । पदीय मर्यादाविपरीत जिम्मेवारी तोकिएको भन्दै मोलुङ र सुनकोशी गाउँपालिकाका कर्मचारीहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगामा संयुक्त असहमति पत्र बुझाएका हुन ।
यस्तो घोषणा गर्नेमा मोलुङ गाउँपालिकाका ११ जना कर्मचारीहरु रहेका छन् । उनीहरुले स्थानीय तहका कर्मचारीमाथि भएको विभेदपूर्ण व्यवहारका कारण आत्मसम्मानमा चोट पुगेको भन्दै उनीहरुले आर्थिक सुविधा नलिइ काम गर्न भएका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले ओखलढुंगाले प्रतिनिधि सभा निर्वाचनका लागि मतदान अधिकृत,सहायक मतदान अधिकृत र सहायक कर्मचारीलाई मतदानका लागि खटाइँदा प्रतिनिधि सभा निर्वाचन जनशक्ति व्यवस्थापन नियमावलीको भएको व्यवस्थालाई वेवस्ता गर्दै कर्मचारीको पदीय मर्यादा ख्याल नगरी विभेद गरी निर्वाचनमा खटाइएको भन्दै त्यहाँ दुई वटा स्थानीय तहका कर्मचारीहरुले यस्तो निर्णय गरेका हुन ।
यसरी जिम्मेवारी लिन अस्वीकार गर्नेमा लेखा अधिकृत दुर्गा चौलागाई,आ ले प अधिकृत राजन ढकाल,कृषि अधिकृत बालकुमारी खड्का,शिक्षा अधिकृत चन्द्रमणि पोखरेल,सहायक पाँचौं कमल धमला,सन्तोष पोखरेल,मित्र पोखरेल,पवित्रा सुनुवार,प्रकाश ढकाल,गुरु प्रसाद खतिवडा र यज्ञश्वर दाहाल रहेका छन् ।
यस्तो स्थिति सो पालिकामा मात्र होइन अधिकांश तहमा देखिएको छ । निर्वाचन आयोगको प्रतिनिधिसभा सदस्य निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशनका २०८२ बमोजिम मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाउँदा गाउँपालिका क्षेत्रभित्रको मतदान केन्द्रमा सामान्यतया राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहको कर्मचारी वा शिक्षक र नगरपालिका क्षेत्र भित्रको मतदान केन्द्रमा सामान्यतया राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको कर्मचारी वा उच्च माध्यमिक वा माध्यमिक शिक्षकलाई मतदान अधिकृतमा खटाउने र कर्मचारी वा शिक्षक खटाउन नसकिने भएमा सोभन्दा एक तहमुनिको कर्मचारी वा शिक्षकलाई मतदान अधिकृतमा खटाउन सकिन्छ।
बिज्ञापन
त्यस्तै गाउँपालिका क्षेत्रभित्रको मतदान केन्द्रमा सामान्यतया राजपत्र अनङ्कित प्रथम श्रेणी वा सो सरहको कर्मचारी वा शिक्षक र नगरपालिका क्षेत्रभित्रको मतदान केन्द्रमा सामान्यतया राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहको कर्मचारी वा शिक्षकलाई सहायक मतदान अधिकृतमा खटाउने र कर्मचारी वा शिक्षक अपुग भएमा सोभन्दा एक श्रेणी वा तहमुनिको कर्मचारी वा शिक्षकलाई खटाउने व्यवस्था छन्।
साथै मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाउँदा कर्मचारीको हकमा निजको घर ठेगानामा रहेको स्थानको सम्बन्धित वडामा र शिक्षकको हकमा निज कार्यरत स्थान र निजको घर ठेगाना रहेको स्थानको सम्बन्धित वडामा नपर्ने गरी खटाउने व्यवस्था भए पनि सो व्यवस्था अनुसार नखटाइएको भन्दै कर्मचारीहरु आक्रोशित देखिन्छन् ।
थिए ।

























