एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नेकपा एमालेका जिल्ला अध्यक्ष तथा संविधान सभा सदस्य जर्नादन ढकालसहित ७८ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । बिहीबार राष्ट्रिय सभा गृहमा कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा मानन्धरसँगै जनार्दन ढकालसहित पूर्व मन्त्री रामवीर मानन्धर, नेकपाका केन्द्रीय सदस्य दीपक केसी, र काठमाडौं ५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा प्रणयशम्शेर राणा लगायत रहेका छन् ।

बिज्ञापन

पूर्वमन्त्रीसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन्। यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

बिज्ञापन

यसैगरी उनीसँगै कांग्रेस प्रवेश गरेका जनार्दन ढकाल संविधान सभा सदस्य तथा पार्टीका पूर्व केन्द्रीय सदस्य एवं रसुवा एमालेका पूर्व अध्यक्ष हुन । गत फागुनदेखि पार्टीमा निस्क्रिय बस्दै आएका उनी आज एक कार्यक्रमका बीच सभापति गगन थापाको प्रश्नोत्तर कार्यक्रमपछि रसुवाका नेताहरुको ठूलो टोली नै बोकेर काँग्रेस पार्टीमा प्रवेश गरेको हुन । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले ढकाललाई स्वागत गरेका थिए भने उनलाई सभापति थापाले कांग्रेसको सदस्यता पनि प्रदान गरेका छन्। संविधान सभा सदस्य रहेका ढकाल निर्माण व्यवसायी हुन्। उनीसँगै एमाले रसुवाका स्थानीय ६ दर्जन नेता तथा कार्यकर्ता पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।


नेपाली काँग्रेस प्रवेश गरेकाहरुमा सचिवालय सदस्य मेन्दो छिरिङ तमाङ,नोरचेल तमाङ,फुर्पु सिंगी तमाङ,सुरेश अधिकारी,नौकुण्ड गाउँपालिकाका अध्यक्ष हितबहादुर तमाङ,कालिका गाउँपालिकाका अध्यक्ष टिका देवकोटा सचिवालय सदस्य पारस गुरुङ,प्रदेश सल्लाहकार सदस्य मानकाजी ग्यावा,जिल्ला कमिटि सदस्य महेन्द्र न्यौपाने,टासि छवाङ तमा ङ,निमा दुब्ले तमाङ,मेम्बर थिङ,लापुल लोप्चन,नौकुण्ड गापा सचिव काब्रो थोक्रा,नौकुण्ड गापा उपसचिव शारदा गुरु ङ,राष्ट्रिय युवा संघका उपाध्यक्ष सुरेश थोक्रा,उपाध्यक्ष सुर्यमान तमाङ ,खेलकुद महासंघका जिल्ला उपाध्यक्ष लेन्जेन तमाङ लगायत रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

यी जिल्लामा सुकुम्बासीको मत निर्णायक

बिशेष