काठमाडौं उपत्याकाबाट निस्कने फोहोरको चिन्ता अब ठूलो महानगरपालिका काठमाडौं महानगरले मात्र लिनु नपर्ने भएको छ । हालसम्म काठमाडौं उपत्यकाबाट निस्कने फोहोरलाई नुवाकोटको ल्याण्डफिल्ड साइड बञ्चरेडाँडामा महानगरपालिकाको खर्चमा व्यवस्थापन गरिँदै आएकोमा अब १७ वटै स्थानीय तहहरुले फोहोर व्यवस्थापनको जिम्मेवारी लिने भएका हुन । २२ जेठ २०६२ देखि सिसडोलमा फोहोर फाल्न थालिएको हो। यहाँ फोहोर व्यवस्थापनमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक सहयोग थियो। सरकारले सिसडोलको ४०० रोपनी भन्दा बढी जग्गा अधिग्रहण गरेर त्यहाँ फोहोर व्यवस्थापन गर्दै आएकोमा अब फोहोर व्यवस्थापनमा उपत्याकाका १७ वटै स्थानीय तहले साझेदारी गर्ने सहमति जुटेको हो ।
बिज्ञापन
काठमाडौँ उपत्यका मेयर्स फोरमको १३औँ बैठकलेकाठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा १७ वटै स्थानीय तहले आर्थिक र व्यवस्थापकीय भार बोक्ने सहमति भएको छ ।
फोहोर व्यवस्थापनमा आर्थिक तथा व्यवस्थापकीय साझेदारीकोको लागि सबै उपत्यकाका १७ वटै नगरपालिकाले वित्तीय र व्यवस्थापकीय साझेदारी गर्ने समझदारी भएको हो । यसअघि यस्तो भार काठमाडौ महानगरपालिकाले मात्र बोक्दै आएको थियो ।
हालसम्म बञ्चरेडाँडा ल्यान्डफिल साइटमा भइरहेको फोहोर व्यवस्थापनको सम्पूर्ण खर्च काठमाडौँ महानगरले गर्दै आएको थियो। यो परिपाटी अन्त्य गर्दै उत्पादन हुने फोहोरको मात्राका आधारमा सम्बन्धित स्थानीय सरकारले नै खर्च ब्यहोर्ने निर्णय गरेको हो।
बिज्ञापन
काठमाडौंमा दैनिक ७ सय मेट्रिक टन भन्दा बढी फोहोर संकलन हुँदै आएको छ । सो फोहोरको व्यवस्थापन काठमाडौं महानगरपालिका एक्लैले गर्दै आएकोमा अब १७ वटै स्थानीय तहले फोहोर व्यवस्थापनमा साझेदारी गर्ने भएका हुन ।
मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले फोहर व्यवस्थापनको जिम्मा काठमाडौँ महानगरको मात्र विषय नभएकाले सबैले सहकार्य गर्ने निर्णय गरिएको बताए।

























