राष्ट्रिय युवा संघ रसुवामा पहिरो : सचिव र उपाध्यक्षको एकैसाथ राजीनामा

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी, रसुवामा एकैदिन दुई पदाधिकारीले पद तथा पार्टी सदस्यता परित्याग गरेका छन्। सचिव सूर्यमान तामाङ र उपाध्यक्ष फुर्पा दिण्डुप थोक्रा (सुरेश)ले छुट्टाछुट्टै वक्तव्य जारी गर्दै संगठनभित्र देखिएको आन्तरिक असन्तुलन, दिशाहीनता र राजनीतिक अनिश्चितताप्रति असन्तुष्टि जनाउँदै जिम्मेवारी त्यागेको घोषणा गरेका हुन्।

बिज्ञापन

सचिव तामाङले २०८२ फागुन ६ गतेदेखि लागू हुने गरी जिल्ला कमिटी, रसुवाको सचिव पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। लामो समयदेखि सक्रिय रूपमा संगठनमा आबद्ध रहँदा पनि पछिल्लो समय देखिएको विचारधारात्मक असन्तुलन, आन्तरिक राजनीतिका गतिविधि र अनिश्चित राजनीतिक भविष्यका कारण पदमा बसिरहन उपयुक्त नदेखिएको उनले बताएका छन्। अबदेखि स्वतन्त्र नागरिकको रूपमा आफ्नो पहिचान कायम गर्ने जानकारीसमेत उनले दिएका छन्।

बिज्ञापन

त्यस्तै, उपाध्यक्ष थोक्राले पनि फागुन ६ गतेदेखि लागू हुने गरी संगठनको उपाध्यक्ष पद र पार्टी सदस्यता (नं. ६२५९६९) पूर्ण रूपमा परित्याग गरेको घोषणा गरेका छन्। संगठनभित्र देखिएको दिशाहीनता, जनभावनाप्रति बढ्दो बेवास्ता तथा मूल्य–मान्यताबाट विचलन भएको आरोप लगाउँदै उनले पद र पार्टी दुवै त्यागेको स्पष्ट पारेका छन्।

यस्तै सचिव सुर्यमान तमाङले लामो समयदेखि पार्टीमा सक्रिय हुँदा गर्दा संगठनभित्र देखिएको अनिश्चित राजनीतिक भविष्य र आन्तरिक गतिविधि र विचारात्मक असन्तुलनका कारण फागुनकै मितिदेखि लागू हुने गरि युवा संघ रसुवाको सचिव पदबाट राजीनामा दिएको जनाएकाछन् । तमाङले सचिव पदबाट राजीनामा दिनुका साथैं पार्टी सदस्यता समेत परित्याग गरेको घोषणा गरेका छन् ।

बिज्ञापन

फागुन २१ गते हुन गइरहेको निर्वाचनको पूर्वसन्ध्यामा दुई जिम्मेवार पदाधिकारीको एकैसाथ बहिर्गमनले जिल्ला संगठनमा राजनीतिक तरंग उत्पन्न गरेको छ। यस घटनाले स्थानीय तहको आन्तरिक समीकरण र आगामी निर्वाचन तयारीमा प्रभाव पार्ने आकलन गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुटको निर्णय : प्रतिलिटर कति हुन्छ सहुलियत ?

मन्त्रीहरुको मर्यादाक्रममा व्यापक हेरफेर : गृहमन्त्री पाँचौंमा झर्दा,परराष्ट्र र उर्जामन्त्री माथि ल्याइयो

योजना आयोगमा भट्ट,डेपुटी गभर्नरमा पण्डित नियुक्त

नियमित तालिका तोड्दै मन्त्रिपरिषद् बैठक: डेपुटी गभर्नर नियुक्तिको संकेत

बिशेष