६ महिनामा सम्पत्ति शुद्धीकरणका ४५८ उजुरी,अनुसन्धान गर्न दक्ष जनशक्तिको अभाव

चालु आर्थिक वर्ष २०८२/ ०८३ को ६ महिनामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ४५८ वटा उजुरी परेको विभागले जनाएको छ । गत साउनदेखि पौष मसान्तसम्म विभागका सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित ४५८ उजुरी दर्ज भएका हुन । उक्त उजुरीहरू स्क्यानीङ गर्दा ११९ वटा उजुरी अन्य निकायहरुमा पर्ने भएकाले विभागले सम्बन्धीत निकायमा फरवार्ड गरिदिएको जनाएको छ ।

बिज्ञापन

विभागका अनुसार,उजुरी परेपछि सुरुमा उक्त उजुरीहरूको स्क्यानिङ गरिन्छ । कुन निकाय अन्तर्गत सो उजुरी रहेको छ सो बारे स्क्यानिङ गरेर विभागले हेर्ने गर्दछ । यसरी, हेर्दा भ्रष्टाचारको माध्यमबाट सम्पत्ति आर्जन गरेको हो भने विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फरवार्ड गर्दै आएको छ । लुटपाटबाट सम्पत्ति आर्जन गरेको देखिएको छ भने प्रहरीलाई सो उजुरी पठाउँदै आएको छ । विभागले जुन जुन निकायको कार्यक्षेत्र पर्दछ सोही निकायलाई हामीले लेखेर सो उजुरी पठाउँदै आएको छ ।

बिज्ञापन

विभागले १ सय ७१ उजुरीहरु आरोपीको पहिचान एवम् उजुरीको व्यहोरा प्रष्ट नभएका, सक्षम निकायलाई सम्बोधन गरी बोधार्थको रुपमा प्राप्त भएका एवम् देवानी विवाद समावेश भएकाले तत्काल कारवाही गर्नु पर्ने नदेखिएको विभागले जनाएका छ ।

यो अवधिमा विभागले ४४ जनाविरुद्ध सम्बन्धित जिल्ला अदालतमा ५ थान मुद्दा दायर गरेको छ । ८ अर्ब ८१ करोड रुपैयाँ माग दाबी गर्दै उनीहरु विरुद्ध विभागले मुद्दा चलाएको हो । विभागमा परेका उजुरीहरूका आधारमा अनुसन्धान गर्दा उनीहरुले ८ अर्ब ८१ करोड रुपैयाँको स्रोत खुलाउन नसकेको ठहर विभागले गरेको छ । यस्तो ठहर गर्दै सो रकम असुल उपर गर्न भन्दै विभागले मुद्दा दायर गरेको हो ।
विभागका महानिर्देशकको भूमिकामा अहिले गजेन्द्र ठाकुर छन् । उनी त्यहाँ पुगे पछि ७४२ वटा फाइलमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

बिज्ञापन

नेपाल सरकारको सहसचिवस्तरीय कर्मचारीले नेतृत्व गर्ने विभागमा महानिर्देशक (डिजी), उपमहानिर्देशक, निर्देशक, नासु, खरदारसहित ४६ जनाको दरबन्दी छ । तर, सरकारले यसअनुसार कर्मचारी खटाएको छैन । नासु र खरदारको १० दरबन्दी रहेकोमा अहिले चार जना मात्र छन् भने तल्लो तहका कर्मचारी १५, सवारी चालक सात र कार्यालय सहयोगीसहित ३० जना छन् । दक्ष कर्मचारी नहुँदा डिजीसहित चार जनाले सम्पत्ति शुद्धीकरणका सबै उजुरी हेर्नुपर्ने बाध्यता छ ।

विभागले गत आर्थिक वर्षमा झन्डै ८० अर्ब रूपैयाँ बिगो दाबी सहित ८० जना प्रतिवादीविरुद्ध १९ थान वटा मुद्धा दायर गरेको थियो । विभागका अनुसार सम्पत्ति शुद्धीकरण विभाग स्थापना भए १४ अर्ब २७ करोड रूपैयाँ बिगो दाबीसहित १०१ थान मुद्दा दायर भएको छ ।

विभागका अनुसार,दायर भएका १०१ थान मुद्दामध्ये ९७ थान मुद्दामा फैसला भएर ७९ थान मुद्दामा विशेष अदालतबाट ठहर भएको छ । विभागले दायर गरेका ती मुद्दामध्ये १८ थान मुद्दामा मात्र प्रतिवादीले सफाइ पाएका छन् । ०७६ फागुन ११ गतेबाट विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत राखिएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ असोज ९ को निर्णयबाट अर्थ मन्त्रालय मातहत सारिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिशेष