अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको ३५ औं स्थापना दिवसमा कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ । आयोगले उत्कृष्ट अख्तियार सेवा पुरस्कारबाट उपसचिव मोहनबहादुर जिसीलाई सम्मान गरेको जनाएको छ ।
यस्तै, आयोगले उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार कामु निर्देशक मिलन राई, प्रहरी निरीक्षक रवीन्द्र महत र प्रहरी निरीक्षक शान्ता वाइवालाई प्रदान गरेको अख्तियारले जनाएको छ ।
बिज्ञापन
राष्ट्रपति रामचन्द्र पौडेल मुख्य अतिथि रहेको कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले अख्तियारका कर्मचारीलाई पुरस्कार वितरण गरेकी थिइन्। सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा लेख रचनामार्फत भूमिका खेलेको कदर गर्दै अख्तियारले लेखक र पत्रकारहरुलाई समेत सम्मान गरेको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलगायतको उपस्थिति थियो।

























