३ करोड ६३ लाख अकुतमा डामिएका सव इन्जिनियरको मुद्धामा साक्षी प्रमाण बुझ्ने आदेश

३ करोड ६३ लाख अकुत आर्जनको मुद्धा खेपिरहेका उपत्यका विकास प्राधिकरणअन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सव इन्जिनियर कुमार पौड्याललाई भ्रष्टाचार मुद्धामा साक्षी प्रमाण बुझ्ने आदेश जारी भएको छ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख २८ मा उनीविरुद्ध ३ करोड ६३ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्धा लगेको थियो ।

बिज्ञापन

पौड्यालले २०५१ सालदेखि २०८० सालसम्मको अवधिमा तलबी पारिश्रमिक, वैठक भत्ता, जग्गा बिक्री आय, लाभांश, कृषि तथा ब्याज आम्दानीलगायतबाट कुल वैध आय २ करोड ५८ लाख ९७ हजार रुपैयाँ मात्र आर्जन गरेका थिए। तर, सोही अवधिमा उनले घर निर्माण, जग्गा खरिद, सवारीसाधन तथा शेयर खरिद, रेष्टुरेन्ट लगानी, सुन किन्नेजस्ता शीर्षकमा ६ करोड २२ लाख रुपैयाँभन्दा बढी खर्च गरेका थिए । जाँचपछिको तथ्याङ्कअनुसार पौड्यालको आम्दानी र खर्चमा ३ करोड ६३ लाख रुपैयाँभन्दा बढीको फरक देखिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ तथा २०५९ का प्रावधानअनुसार पौड्यालमाथि कैद, जरिवाना र सोही बराबरको सम्पत्ति जफतको मागदाबीसहित आरोपपत्र दायर गरेको हो।

अख्तियारले पौड्यालले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति आफ्नी श्रीमती विष्णु मैया पौड्यालका नाममा राखेको पाइएकाले जफत गर्ने प्रयोजनका लागि उनलाई समेत प्रतिवादी बनाइएको जनाएको थियो । सोही मुद्धामा विशेष अदालतका न्यायधीशहरु अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले सोमबार साक्षी प्रमाण बुझ्ने आदेश दिएको हो।

बिज्ञापन

अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दाको मिसिलसँग सम्बन्धित थप प्रमाण र कागजात मगाउने आदेश दिएको हो। अब अख्तियारले अभियोगपत्रको पुष्टि गर्ने थप प्रमाणहरू अदालतमा पेश गर्नुपर्नेछ। ती प्रमाणहरू अध्ययन गरेपछि मात्र अदालतले मुद्दाको अन्तिम सुनुवाइ प्रक्रिया अगाडि बढाइने विशेष अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

साढे चार बर्षमा १० पटक सरुवा भएका सचिव

गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर काठमाडौं

मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

विभागमा उपसचिव खटाउने बिषयमा सचिव र सहसचिवको टकराब

बिशेष