गृहमन्त्री ओमप्रकाश अर्यालको मोवाइलमा सुदन गुरुङ ‘ब्ल्याक लिस्ट’मा रहेको खुलेको छ । २३ र २४ भदौको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा अधिवक्ता ओमप्रकाश अर्याल गृहमन्त्री बने । जेनजीले आपत्ति जनाउँदा–जनाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन साह निकट मानिएका अर्याल गृहमन्त्री बनेका थिए ।आफैं गृहमन्त्री बन्न कस्सिएका सुदनले ओमप्रकाश अर्याललाई गृहमन्त्रीबाट हटाउनका लागि अनेकन उपायहरु अपनाएका थिए । एकपछि अर्को फेसबुक स्टाटस लेख्दै गुरुङले उनको राजीनामा माग्दै सामाजिक सञ्जालमा अभियान नै चलाएका थिए ।तिनै गृहमन्त्री अर्यालसँग अहिले जेनजी आन्दोलनको केन्द्रमा पुगेका सुदन गुरुङको ‘टसल’ बढिरहेको देखिन्छ ।
बिज्ञापन
उनै सुधन गुरुङ गोर्खाबाट क्षेत्रनम्बर १ बाट प्रतिनिधि सभाको उमेद्धार बनेका छन् रास्वपाबाट । जेन–जी विद्रोहपछि एकाएक उदाएका सुधन गुरुङले गोरखामा सुरक्षा थ्रेट भयो भनेर सहयोग मागिरहँदा ओमप्रकाश अर्यालले भने सुदनको मोवाइल नम्बर नै ब्ल्याक लिस्टमा राखेको खुलेको छ ।
पूर्व प्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितलाई पक्राउ गराउनदेखि अनेकन जायज नजायज माग राखेर दुख दिन थालेसँगै सुदनको नम्बर नै गृहमन्त्री ओम प्रकाश अर्यालको व्याल्क लिष्टमा रहेको खुलेको हो ।
आफूमाथि सुरक्षा थ्रेट रहेको भन्दै सुदनले अहिले पिअसओ माग्दै आएका छन् । यद्यपि जिल्ला प्रशासन कार्यालयले गुरुङलाई पीअएओ दिन नसक्ने बताइसकेको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी गोरखाको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका सुदनलाई सुरक्षा थ्रेट बढेको भन्दै रास्वपाको गोरखास्थित जिल्ला समिति सचिव मिलन रानाले पत्र लेख्दै पीअसओसहितका सुरक्षा व्यवस्था माग गरिएको थियो । उनले लेखेको पत्रमा
विभिन्न गोप्य सूचनाअनुसार हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रूपमा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओसहित सुरक्षा व्यवस्था प्रदान गरिदिनुहुन अनुरोध गरिएको थियो । तर स्थानीय प्रशासनले निजी सुरक्षा गार्ड दिन अस्वीकार गरेको छ । जिल्ला प्रशासन कार्यालय, गोरखाले तत्काल त्यस्तो अवस्था नरहेको जनाउँदै पिएसओ उपलब्ध गराउन नसकिनेबारे प्रष्ट्याइसकेको छ ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार पिएसओको मागसहित निवेदन परेलगत्तै हिजो जिल्लास्थित सुरक्षा संयन्त्रले आवश्यक अध्ययन गरेका थिए । सोक्रममा गुरुङसहित कसैलाई पनि थ्रेट नभएको निष्कर्ष निकालेको हो । सो सँगै स्थानीय प्रशासनले सुदनलाई पीएसओ दिन नसकिने निष्कर्ष निकालेको थियो । गृहमन्त्रीले आफूलाई ब्ल्याक लिस्टमा राखेपछि सुधनले सुशीला कार्कीलाई गुहारेको स्रोतको भनाइ छ ।


























