८७ बर्ष पूर्व प्रशासक पनि चुनावी मैदानमा

८७ बर्षका एक व्यक्ति पनि चुनावी मैदानमा होमिने भएका छन् । पूर्व प्रशासक मदनदेव आचार्यले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आचार्यले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

बिज्ञापन

आचार्यले जीवनको लामो समय परराष्ट्र र अर्थमा बिताएर सेवाबाट अवकाश पाएका उनी जीवनको बाँकी समय देश सेवामा बिताउन निर्वाचनमा होमिएको बताउँछन् । ०१७ सालमा परराष्ट्र सेवाबाट सरकारी जागिर थालेका उनी आफूमा देश बनेको हेर्ने रहर भएको बताउँछन् ।

बिज्ञापन

जेनजीले जुन माग अहिले उठाइरहेका छन्, त्यो मैले पहिल्यै उठाएको । तर, एक्लो भएकाले कसैले सुनेन । शासन सुधार्न र भ्रष्टाचार रोक्न आफूले उमेद्धारी दिएको र भ्रष्टाचारको मुख्य केन्द्रहरूबारे राम्रो जानकारी रहेको उनको दावी छ ।

भन्छन्, ‘म लामो समय सरकारी सेवामा बसेको मान्छे, कहाँ, कसरी भ्रष्टाचार हुन्छ ? राम्रो जानकारी छ । ती क्षेत्रमा सुधार गर्ने मेरो लक्ष्य हो ।’

बिज्ञापन

अवकाश पछि आचार्य पुस्तक समेत प्रकाशन गरेका छन् । खिचडी नामक उनको पुस्तकमा प्रशासन, राजदरबार, कोइराला परिवार, इन्दिरा गान्धी, अमेरिका, व्यापार, महारानी एलिजाबेथ, जापानी राजकुमार अकिहितो, सिनेमा, अदालत, राजदूतावास, परराष्ट्रलगायत विविध क्षेत्र समेटिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुलुकले कहिलेसम्ममा पाउँछ नयाँ प्रधानमन्त्री ?

भावी प्रधानन्यायधीशका लागि ६ जनाको संवैद्यानिक परिषद्मा सिफारिस,कस्ले मार्लान बाजी ?

कर्मचारीको सेवासुविधा दोब्बर नगरे प्रशासन चल्दैन : पन्थी

प्रतिनिधि सभामा निर्वाचित १६५ सांसदमध्ये सबैभन्दा पाका टेकबहादुर गुरुङ

नक्कली सर्टिफिकेटमा बढुवा, अख्तियारले चलायो मुद्दा

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ तहमा

सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, मन्त्रिपरिषद् नबस्दा निर्णय रोकियो

रातो पासपोर्ट फिर्ता गरे अर्थमन्त्री रामेश्वर खनालले

बिशेष