बढुवा समितिको सचिवालयले ११ जना शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको छ ।
बिज्ञापन
समितिको हिजो बसेको बैठकले लेखापरीक्षण,आर्थिक योजना तथा तथ्यांक र नेपाल इन्जिनियरिङ सेवाका शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको हो ।
जस अनुसार,नेपाल लेखापरीक्षण सेवा (निर्देशक) पदमा गीता भट्टराई,अजय कुमार गुप्ता,प्रेम कुमार भट्टराई र सुदन कुमार पोखरेल बढुवा सिफारिस भएका छन् ।
यस्तै,नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाबाट शिवलाल शर्मा र किशोर केसी बढुवा सिफारिस हुँदा नेपाल इन्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,जनरल उपसचिवबाट गणेश सुवेदी,वालदीप शर्मा र अनन्त सुनुवार शत प्रतिशत प्राप्तांकसहित बढुवा सिफारिस हुँदा नेपाल इन्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,हाइवे उपसमूहबाट विवेक पाण्डे र बेल बहादुर नेपाली बढुवाका लागि सिफारिस भएका छन् ।
११ जना शाखा अधिकृतहरु कार्यक्षमता मूल्याकंनका आधारमा बढुवा सिफारिस भएका हुन ।


























