सरकारले आठ जना सहसचिवको सरुवा गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारका सहसचिव तथा प्रदेश सरकारका सचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो ।
बिज्ञापन
केदारनाथ शर्मा अर्थमन्त्रालय प्रदिप परियार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, धर्मेन्द्र कुमार मिश्रा गृह मन्त्रालय छविलाल रिजाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गण्डकी प्रदेश विश्वबन्धु बगाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, युवानिधि बसौला मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेश ओमप्रसाद अर्याल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राम आधार यादवको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेस प्रदेशमा सरुवा गरेको छ ।



























