काठमाडौँ । निर्वाचन आयोगको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको छ । भेटका क्रममा आसन्न निर्वाचनलाई लक्षित गरी निर्वाचन आचारसंहिता कार्यान्वयन र त्यसको प्रभावकारी पालनाबारे छलफल भइरहेको छ ।
बिज्ञापन
आयोगका पदाधिकारीहरूले सरकारको तर्फबाट आचारसंहिता पूर्णरूपमा पालना हुने सुनिश्चितताका विषयमा प्रधानमन्त्रीसँग धारणा राखेका छन् । छलफलमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरकार र आयोगबीचको समन्वय, जिम्मेवारी तथा आचारसंहिता उल्लङ्घन रोक्ने उपायहरूमा केन्द्रित रहेको जनाइएको छ ।
प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगसँग आवश्यक सहकार्य गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै आचारसंहिता पालना गराउन सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्री निवास स्रोतले जनाएको छ ।


























