प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनसँग जोडिएका समसामयिक विषयमा साझा धारणा बनाउन मन्त्रीहरू सहभागी बैठक आह्वान गरेकी छन्। बैठक आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।
बिज्ञापन
बैठकमा निर्वाचन आचारसंहिता, चुनावी व्यवस्थापन र स्वच्छ तथा निष्पक्ष मतदान सुनिश्चित गर्ने उपायबारे केन्द्रित छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ। सरोकारवाला निकायबीच समन्वय बढाएर निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्ने लक्ष्यसहित कार्यक्रम तय गरिएको हो।
उता, चुनावी कार्यतालिकाअनुसार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता मंगलबारका लागि तोकिएको छ। तर दलभित्र उम्मेदवार छनोटमा देखिएको व्यस्तता र आन्तरिक व्यवस्थापनका कारण केही राजनीतिक दलले मिति केही दिन पछाडि सार्न निर्वाचन आयोगसँग अनुरोध गरिरहेका छन्।


























