वागमती परियोजनामा रहँदा महानिर्देशक बोहराले गरेका थिए ठेक्का नियम मिचेर अर्बाैको भेरियसन

एउटै व्यक्ति दोह्रोएर कुनै कार्यालय प्रमुखको कुर्सीमा पुग्नु र ठेकेदारहरुको स्वार्थ अनुकुल हुने गरी राज्यलाई अर्बाै भार पार्ने कार्यमा जोडिएको भेटिएको छ ।  हाल सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रहेका रवीन्द्र बोहरा वागमती सभ्यता एकीकृत विकास समितिमा आयोजना प्रमुखका कुर्सीमा दोह्रोएर जिम्मेवारी सम्हाल्न पुग्दा त्यहाँ भएका खरिद प्रक्रियाको निर्णय, भुक्तानी र भेरियसन प्रक्रियाले राज्यकोषको अर्बाै रुपैयाँ दुरुपयोग भएको देखिन्छ । कागजात, भुक्तानी विवरण र स्रोतहरूको दाबीले यो विषय सामान्य प्रशासनिक त्रुटि मात्र मान्न तयार छैनन्,सार्वजनिक खरिदका जनाकारहरुले प्रतिक्रिया दिएका छन् ।

बिज्ञापन

बोहरा पहिलो पटक २०७७ माघ २३ देखि २०७८ असोज २७ र दोस्रो पटक २०७९ असोज २८ देखि २०८० भदौ ६ सम्म वागमती सभ्यता एकीकृत विकास समितिमा आयोजना प्रमुख थिए। यो यस्तो समय थियो कि उनैलाई एकै पटक तीन तीन वटा कार्यालय हाक्ने गरी जिम्मेवारी सुम्पिएको थियो यही बीचको अवधिमा । उनको दुई कार्याकालमा  ठेक्का सम्झौता भएपछि लागत भेरियसन अस्वाभाविक रूपमा बढाइएको र त्यसैमार्फत ठूलो रकम भुक्तानी गरिएको बिषयलाई ठूलो कैफियत देख्दैछन्,उनी पछि त्यो निकायमा पुगेका र आर्थिक गडबडीलाई नजिकबाट निकायलेका महालेखामा बसेका कर्मचारीहरुले ।

बिज्ञापन

उक्त आर्थिक वर्षमा कोड नं ३४७००३५०२ अन्तर्गत हनुमन्ते, नख्खु (१ र २), कर्मनाशा तथा मनोहरा नदी क्षेत्रका ८ प्याकेजअन्तर्गत १९ आयोजना सञ्चालन भए। स्रोतका अनुसार ती आयोजनामा पटक–पटक भेरियसन गर्दै ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ भुक्तानी गरिएको छ। यही वर्ष कोड नं ३४७००३५०३ अन्तर्गतका ५ मुख्य आयोजनामा पनि ४ अर्ब ५३ करोड ४६ लाख रुपैयाँ सम्झौता र भेरियसनमार्फत खर्च भएको विवरण भेटिन्छ। दुवै शीर्षकको भेरिएसनमार्फत ठूलो बदमासी भएको सरकारी अधिकारीहरुले प्रतिक्रिया दिएका छन् ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ५४ को उपदफा १ मा भेरिएसन आदेश जारी गर्ने र स्वीकृत गर्ने सम्बन्धमा खरिद व्यवस्थामा अन्यथा व्यवस्था भएकोमा बाहेक खरिद सम्झौता गर्दाका बखत पूर्वानुमान गर्न नसकिएको परिस्थिति सो सम्झौता कार्यान्वयनका क्रममा सिर्जना भएमा सोको स्पष्ट कारण खुलाइ अधिकारप्राप्त अधिकारीले १५ प्रतिशतसम्मको भेरिएसनको आदेश जारी गर्न सक्ने व्यवस्था छ । तर उनी कार्यालय प्रमुख हुँदा ४ अर्ब ५३ करोड ४६ लाख रुपैयाँ सम्झौता भएको आयोजनाको भेरियसन गरी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ पुर्याएर भुक्तानी भएको बिषयमा गडबडी भएको जानकारहरुले बताएका छन् । त्यही कानुनी लुपहोलको फाइदा उठाएर ठेकेदारहरुलाई पोस्ने काम भएको र राज्यलाई अर्बाै नोक्सानी पार्ने काम सहसचिव बोहराबाट भएको स्रोतले दावी गरेको छ ।

बिज्ञापन

स्रोतहरूको दाबीअनुसार तत्कालीन शहरी विकास मन्त्री सीता गुरुङ, मन्त्रालयका सचिव तथा प्रशासन महाशाखाका जिम्मेवार अधिकारीहरूसँग ‘समन्वय’को नाममा पहुँच प्रयोग गरियो। आफूभन्दा सिनियर सहसचिवलाई समेत प्रभावमा पार्दै शहरी विकास मन्त्रालयअन्तर्गत तीनवटा ‘आकर्षक’ आयोजना एकैपटकको प्रमुख बनेर बसेको, र त्यही अवस्थालाई आर्थिक संकलनको माध्यम बनाइएको आरोप उठेको छ। यसअघि आफूविरुद्ध परेका उजुरीहरू कमजोर बनाउन अनुसन्धान तहमा पहुँच पुर्‍याइएको, आफन्तलाई जागिर दिलाइएको तथा मुद्दा तामेलीमा पुर्‍याइएको दाबीले संवैधानिक निकायहरूको निष्पक्षतामाथि प्रश्न उठाएको छ। यस सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता निकायको भूमिकामाथि पनि गहिरो छानबिन आवश्यक रहेको र जेनजी सरकार,अहिलेका सरकारमा सबैभन्दा बढी सुशासनप्रति प्रतिवद्ध देखिएका र कानुनी पालनाका मामलामा कठोर मन्त्री प्रा डा कुमार इङ्नामले यसलाई गहन रुपमा हेर्नु पर्ने आवाज शहरी मन्त्रालयभित्रैबाट उठ्न थालेको छ ।

अन्य ठेक्कामा पनि अनियमितता ?

आर्थिक वर्ष २०७८/८० मा सञ्चालित BRBIP/PCMU-1/2015/16 तथा BIP-N2/075-76 नम्बरका ठेक्कामा कालिका–रान्केन लामा जेभी, बिल्डिङ एण्ड डिजाइन अथोरिटी प्रा.लि. र अमर कन्स्ट्रक्सन प्रा.लि.लाई करिब ८५ करोड रुपैयाँ भुक्तानी दिँदै अनावश्यक भेरियसन गरिएको आरोप छ। करिब ५० जना श्रमिकलाई कामबाट हटाई जीविकोपार्जनमै असर पारिएको, रिक्त स्थानमा राजनीतिक पहुँचका व्यक्तिहरू भर्ना गरिएको तथा मुआब्जा वितरणमा कार्यकारी समितिलाई ओभरटेक गरिएको. वागमती तथा सहायक नदी क्षेत्रका सार्वजनिक पर्ती जग्गा व्यक्ती/संस्थाको नाममा ल्याउन सिफारिस गरिएको विषयमा समेत उनको कार्यसम्पादनमा प्रश्न उठिरहेको छ ।

हाल बोहरा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको जिम्मेवारीमा रहेकाले, छानबिन निष्पक्ष बनाउन पदको प्रभाव नपरोस् भन्ने सुनिश्चितता झनै आवश्यक रहेको जेनजी अगुवाहरुको भनाई रहेको छ । विगतमा बागमती सभ्यताको नेतृत्वमा रहँदा उनको कार्यसम्पादनको बिषयमा उठेका यी तमाम प्रश्नहरु राख्न कर्मचारी प्रेसले यो समाचार तयार गर्नु अघि पटक पटक बोहरासँग सम्पर्क राख्दा उनी भने सम्पर्कमा आउन र कुनै प्रतिक्रिया दिन चाहेनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बढुवाको मुखैमा अर्काे सहसचिव निलम्बित

प्रधानमन्त्रीको पिएलाई बार्षिक डेढ अर्व बजेट रहेको कोषमा पाँच बर्षका लागि नियुक्ति

राजस्व अनुसन्धानका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध अनुसन्धान

‘ठूलो क्रान्तिकारी कदम नचाली कर्मचारीतन्त्र सुध्रदैन’

मलाई सफल पार्न आर्दश श्रेष्ठको ठूलो हात छ :प्रधानमन्त्री कार्की

सरकार बनेपछि कर्मचारी ट्रेड युनियन खारेज गरिने : हरि ढकाल

अख्तियारमा स्थानीय तहसम्बन्धी ६५ प्रतिशत उजुरी

समानुपातिक प्रणालीको हुर्मत : नेताको श्रीमतीदेखि सभापतिको ससुरासम्म

बिशेष