अग्रेजी र नेपाली हिज्जेमा एकरुपता ल्याउन देशैभरका स्थानीय तहलाई सामान्यको परिपत्र

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई आफ्नो नेपाली र अङ्ग्रेजी नामको हिज्जेमा एकरूपता कायम गर्न निर्देशन दिएको छ ।

बिज्ञापन

स्थानीय तहको अंग्रेजी नाम लेख्दा नागरिकता प्रमाणपत्र,राहदानी प्रमाणपत्र, व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह), राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाण पुर्जा, सवारी चालक अनुमतिपत्र र शैक्षिक प्रमाणपत्र जस्ता महत्त्वपूर्ण कागजातमा स्थानीय तहको नामको हिज्जे फरक–फरक हुने गरेको पाइएको र यसका कारण सरकारी कागजातमा फरक हिज्जे हुन गई नागरिकले समस्या झेल्नु परेको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका शाखा अधिकृत खम्बराज राईले ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै १५ दिनभित्र नेपाली र अंग्रेजी नामको हिज्जे एकीन गरेर पठाउन भनेका छन् ।

बिज्ञापन

विशेष गरी अङ्ग्रेजी नाम लेख्दा फरक–फरक निकायले फरक–फरक हिज्जे प्रयोग गर्दा सेवाग्राहीको विवरण बाझिने र त्यसले कानुनी तथा प्रशासनिक झन्झट निम्त्याएको मन्त्रालयको निष्कर्ष छ ।

स्थानीय तहको नाम र हिज्जे फरक–फरक हुँदा सरकारी कागजात बनाउने क्रममा सेवाग्राहीले ठुलो सास्ती भोग्नुपरेको गुनासो आएपछि मन्त्रालयको सङ्घीय मामिला शाखाले हालै एक परिपत्र जारी गर्दै स्थानीय तहहरूलाई १५ दिनभित्र आफ्नो नामको आधिकारिक हिज्जे पठाउन निर्देशन दिएको हो ।

बिज्ञापन

मन्त्रालयले जारी गरेको निर्देशनमा नेपाल राजपत्रमा प्रकाशन भएको नामसँग फरक नपर्ने गरी अक्षर, भाव र वर्णविन्यास (हिज्जे) मिलाउन भनिएको छ । यसका लागि प्रत्येक स्थानीय तहले आफ्नो कार्यपालिकाबाट आधिकारिक निर्णय गराई तोकिएको ढाँचामा विवरण उपलब्ध गराउनुपर्नेछ । मन्त्रालयले पठाएको ढाँचामा राजपत्रमा प्रकाशित नाम, सुधार गर्नुपर्ने विषय, कायम हुनुपर्ने नेपाली नाम, अङ्ग्रेजी नाम र वेबसाइटमा प्रयोग हुने नाम स्पष्ट खुलाउनुपर्ने उल्लेख छ ।

मन्त्रालयले यो विवरण सङ्कलन गरिसकेपछि सबै सरकारी प्रणाली, डिजिटल पोर्टल र वेबसाइटहरूमा एउटै नाम र हिज्जे कायम गर्ने योजना बनाएको छ । स्थानीय तहहरूले तयार पारेको उक्त विवरण मन्त्रालयको सूचना प्रविधि शाखा, स्थानीय तहको ईमेल र आधिकारिक पोर्टल मार्फत बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कार्यविधि विपरित हमाललाई डोल्पाको सिडियो : न कानुनमा स्नातक,न तीन महिने तालिम

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

अग्रेजी र नेपाली हिज्जेमा एकरुपता ल्याउन देशैभरका स्थानीय तहलाई सामान्यको परिपत्र

प्रदेश लोकसेवाले माग्यो स्थानीय सेवा पाँचौं तहका ३२५ कर्मचारी

मालपोतबाट निकालिएका दुई हाकिमको मुद्धामा आज सुनुवाइ हुँदै

जेनजीको राजमा समेत रोकिएन विकृती : पाँच महिनामै चार सचिव ‘भकुण्डो’

मन्त्रिपरिषद्को बैठक बस्दै,सचिव सरुवाको निर्णय हुने

राजस्वले बदल्दै अनुसन्धानको शैली : गलत गर्नेविरुद्ध निर्मम, सही कारोबार गर्नेले पाउनेछैनन् अब दुःख

बिशेष