बढुवा समितिको सचिवालयले दश जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ ।
बिज्ञापन
जस अनुसार,नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहबाट ७ जना, नेपाल शिक्षा सेवा, पुरातत्त्व समूह, पुरातत्त्व उपसमूहबाट एक जना र नेपाल विविध सेवाबाट २ जना गरी १० जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो ।
यसरी बढुवाका लागि सिफारिस भएकाहरुमा नेपाल शिक्षा सेवा शिक्षा प्रशासन समूहबाट कुमार भट्टराई,कृष्ण कुमार श्रेष्ठ,पदम बहादुर खत्री,शिवप्रसाद घिमिरे,नारायणप्रसाद निरौला र दिपकमणि घिमिरे रहेका छन् ।
यस्तै, नेपाल शिक्षा सेवा, पुरातत्त्व समूह, पुरातत्त्व उपसमूहबाट नवराज अधिकारी र विविध सेवाबाट राम थापा र राजकृष्ण श्रेष्ठ रहेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिवार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको जनाएको छ ।


























