रसुवाको विकास मोडेल : केन्द्र होइन, रसुवालीले तय गर्ने भविष्य

– अर्जुन पौडेल
रसुवाको विकासको चर्चा धेरै हुन्छ, तर वास्तविक विकासको अनुभूति रसुवाली जनताले अझै गर्न सकेका छैनन्। सडक, बजेट र योजनाको सूची विकास होइन; विकास भनेको मानिसको जीवनस्तरमा आउने सकारात्मक परिवर्तन हो। यही बुझाइका साथ म भन्छु— रसुवाको विकास मोडेल केन्द्रमुखी होइन, स्थानीय आवश्यकतामा आधारित हुनुपर्छ।
पहिलो कुरा, रसुवाको विकासको केन्द्रमा यहाँका नागरिक हुनुपर्छ। शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित नगरी ठूला पूर्वाधारको अर्थ हुँदैन। युवाहरू रोजगारीको खोजीमा जिल्ला बाहिरिन बाध्य छन्, जसले रसुवालाई जनशक्तिविहीन बनाउँदैछ। अब विकासको प्राथमिकता युवालाई यहीँ अवसर सिर्जना गर्ने हुनुपर्छ।

बिज्ञापन

दोस्रो, रसुवा आत्मनिर्भर अर्थतन्त्रतर्फ जानैपर्छ। कृषि, जडीबुटी,पशुपालन र पर्यटन हाम्रो वास्तविक शक्ति हुन्। आयातमा निर्भर हुने होइन, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति आवश्यक छ। सहकारी, उद्यमशीलता र स्थानीय बजार व्यवस्थापन बिना समृद्धि सम्भव छैन।

बिज्ञापन

तेस्रो, केरुङ नाका रसुवाको भविष्यसँग जोडिएको विषय हो। यो नाका केवल भन्सार राजस्वको माध्यम होइन, स्थानीय रोजगारी, व्यापार र सेवाक्षेत्रको मेरुदण्ड बन्नुपर्छ। नाका व्यवस्थापनमा स्थानीय जनताको सहभागिता र स्वामित्व सुनिश्चित गरिनुपर्छ।

चौथो, विकास र प्रकृतिबीच सन्तुलन अपरिहार्य छ। गोसाइँकुण्ड, नौकुण्ड ताल, बिजुली ढुङ्गा, जुरेढुङ्गा, घलेगडी , उत्तरगया धाम, भाङ्गे झरना, तातोपानी गत्लाङ (कालो गाउँ), पार्वतीकुण्ड,लार्चङ्टार, लाङटाङ र तामाङ संस्कृतिको संरक्षण नगरी गरिने विकास दीर्घकालीन हुन सक्दैन। वातावरण विनाश गरेर बनाइने विकास मोडेल रसुवाका लागि स्वीकार्य छैन।

बिज्ञापन

अन्त्यमा, म स्पष्ट रूपमा भन्न चाहन्छु— रसुवाको विकास मोडेल केन्द्रले बनाइदिने खाकामा होइन, रसुवालीले आफैं तय गर्ने दृष्टिमा आधारित हुनुपर्छ। दिगो, न्यायपूर्ण र आत्मनिर्भर रसुवा निर्माण आजको आवश्यकता हो। यही बाटो नै रसुवाको समृद्ध भविष्यतर्फ जाने सही मार्ग हो।

(पौडेल अखिल क्रान्तिकारी बागमती प्रदेशका अध्यक्ष हुनुहुन्छ)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रसुवाको विकास मोडेल : केन्द्र होइन, रसुवालीले तय गर्ने भविष्य

संकटको सडकमा समाधानको इन्जिनियर: भण्डारी नेतृत्वको डिभिजन सडक यात्रा

हरेक चुनावमा चिन्ह फेरिरहने एक उमेद्धार,यस पटक सूर्यबाट सिफारिस

सिन्धुलीबाट पूर्व मन्त्री,लेखा अधिकृतदेखि भूगोलविद्सम्म सिफारिस

 चेतनात्मक विकास र प्रकृति संरक्षण         

सहरी विकास मन्त्रालय : सुधारको परीक्षा कि पुरानै सेटिङको निरन्तरता?

भक्तपुर मालपोत कार्यालयमा बिचौलिया–सेटिङ र घुस असुलीको जालो, करोडौँको चलखेलको आरोप

किन भुत्ते भए भ्रष्टाचार नियन्त्रणका लागि खडा भएका सरकारी संयन्त्र ?

बिशेष