भूमिमन्त्रीलाई नै घुस दिन बाध्य बनायो भक्तपुर मालपोतले

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाली रहेका मन्त्री प्रा डा कुमार इङ्नामले जग्गा प्रशासनसँग सम्बन्धित आफ्नो काम फत्ये गराउन मालपोत कार्यालयमा घुस बुझाउनु परेको बताएका छन् ।

बिज्ञापन

जग्गाको कामको सिलसिलामा काम पूरा गराउनका लागि भक्तपुर मालपोत कार्यालयमा उनले त्यहाँका कर्मचारीलाई पाँच हजार घुस बुझाएको बिषय उनले केही महिना अगाडि मात्र सार्वजनिक मञ्चहरुमै बताएका थिए ।

बिज्ञापन

कानुनका प्राध्यापक समेत रहेका मन्त्री इङनामले तेह्रथुमका हुन । उनी भक्तपुरमा बस्दै आएका छन् । मन्त्री हुनु भन्दा अगाडि जग्गाको कामको सिलसिलामा आफूले भक्तपुर मालपोतका कर्मचारीलाई पाँच हजार घुस बुझाउनु परेको उनले उल्लेख गरेका थिए । यद्यपि सो कार्यालयका प्रमुख माधव घिमिरेले भने यस बिषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । यस अघि भक्तपुर मालपोतको प्रमुख थिए,कुमार आचार्य,उनी २२ लाख घुस प्रकरणमा अख्तियार लागेर निलम्बनमा परेसँगै त्यहाँ माधव घिमिरेलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । कार्यालय प्रमुख घिमिरेले भने आफ्नो कार्यालयबाट नभएको प्रतिक्रिया दिएका छन् ।

मन्त्री भएको केही दिनमै प्रा डा कुमार इङ्नामले डिल्लीबजार मालपोतमा छड्के अनुगमन गरेका थिए,त्यो पनि सेवाग्राहीको रुपमा । यस्तै चाबहिल मालपोत प्रमुख दिपेन्द्र खत्रीको बदमासीको बिषयमा कर्मचारी प्रेसले समाचार लेखे लगतै उनलाई स्पष्टीकरणमात्र सोधिएन कि जिम्मेवारीबाट समेत हटाइएको छ । त्यहाँ अहिले भोजराज श्रेष्ठलाई कार्यालय प्रमुखको रुपमा खटाइएको छ । यस्तै, ललितपुर मालपोतका प्रमुखलाई समेत हटाउने तयारी गरिरहेका छन् । यी दुबै कार्यालयका प्रमुखहरु विचौलियाका जोडबलमा नियुक्त भएका थिए ।

बिज्ञापन

जग्गा प्रशासनसँग सम्बन्धित काम गर्ने भूमिसुधार, नापी विभाग र मालपोतले मिलेर नै शिकारका लागि धराप थाप्ने गरेको प्रशष्त उदाहरणहरु सुनिन्छ भेटिन्छ । सबै कागज पुर्‍याएर जाँदा समेत लेखनदासहरुलाई अगाडि सारेर खाजा वा चिया खाने पैसा माग्ने भ्रष्ट संस्कृति ती कार्यालयहरुमा विद्यमान रहेको छ ।

उसो त सरकारी कार्यालयबाट हाकाहाकी घुस माग्ने सिलसिला नौलो होइन यस अघि जनता समाजवादीका सांसद वीरेन्द्र महतोले आफ्नो छोराको काम गर्नका लागि शिक्षा मन्त्रालयको सानोठिमीमा ५ हजार घुस दिएर फर्किएको बिषय रोष्टमबाटै सार्वजनिक गरेका थिए ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सीडीओहरूलाई गृह मन्त्रालयको १० बुँदे सर्कुलर

५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

एकै पटक ५६ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

सात महिनापछि भ्रष्टाचार मुद्धामा कान्छा सह-सचिवलाई सफाइ

प्रधानमन्त्रीद्वारा तीन मन्त्रीलाई राजीनामा दिन आग्रह

गृहले खटायो नुवाकोट र बाग्लुङमा नयाँ सिडियो

उदयपुरको महिला सामुदायिक वनमा पाँच लाखभन्दा बढी रकम हिनामिनाको अभियोग

मालपोतका कर्मचारी सरुवामा विचौलियाको काम गर्ने विभागकै अधिकृत भएको खुलासा

बिशेष