स्थानीय तहमा समायोजन भएका उच्च प्रशासकका पुत्र कसरी फर्किए संघमा ?

कर्मचारी समायोजनमा देखिएका त्रुटीहरुका कारण आज पनि सयौं कर्मचारीहरु मर्माहत छन् । सोही त्रुटी सच्याउन केही अदालतको ढोका ढकढकाए,कतिले न्याय पाए । कति अन्याय भुक्तान गरिरहेका छन् । एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा घुमिरहेका छन् ।

बिज्ञापन

तर त्यही समायोजनको क्रममा स्थानीय तहमा पुगेका दुई उच्च प्रशासकका छोराहरुले भने समायोजन उल्टाएर संघमा फर्किएको धेरै भइसकेको छ । बिषयबस्तु पूरानो हो तर प्रंसग अहिले किन जोडिएको हो भने यसरी समायोजनको क्रममा स्थानीय तहमा पुगेर सो पालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका ती भाग्यमानी दुई पुत्रका बुवाहरु अहिले एउटै कार्यालयमा कार्यरत रहेका छन् । हो,यस्तै संयोग जुरेको छ अहिले लोकसेवा आयोगमा ।

बिज्ञापन

पछिल्ला क्याविनेटले सात सचिवहरुको सरुवा गर्दा गृह सचिव रामेश्वर दंगाल लोकसेवा आयोगमा पुगेका छन् । यी तिनै सहसचिव हुन,जो अख्तियारमा हुँदा स्थानीय तहमा समायोजन भइसकेका आफ्ना पुत्रलाई त्यहाँ एक दिन हाजिर गरेर भोलिपल्टै अख्तियारमा सारेका थिए । तर, यो प्रकरणमा कसैले मुख खोलेको थिएन् ।समायोजनको क्रम संख्या २५६२ अन्तर्गत भरतपुर महानगरपालिकामा हाजिरसमेत गराइएका सुजन दंगाल हुन्, यस्ता भाग्यमानी कर्मचारी हुन । जो हालैमात्र गृहबाट लोकसेवामा सारिएका रामेश्वर दंगालका छोरा हुन । उनले आफ्नो पदीय दुरुपयोग गर्दै अख्तियारबाटै अख्तियारी दुरुपयोगको तारतम्य मिलाएको थिए,त्यस समयमा । रामेश्वरले पदीय दुरुपयोग गर्दै छोरालाई भरतपुरबाट अख्तियार सारेर ऐन, नियम तथा निर्णय कार्यान्वयन शाखामा सारिएको थियो ।

जबकि, समायोजनका नाममा कोही कर्मचारीका पति एकातिर, पत्नी अर्कातिर, घरबारै डामाडोल भयो भन्दा पनि नमिलाइएको थुप्रै उदाहरण छन् । तर, शक्ति पुग्ने हाकिमको छोरा भएकै कारण उनी स्थानीय तहमा भएको समायोजन उल्टाएर संघमा पदस्थापन हुन सफल भएका थिए ।

बिज्ञापन

उनीझैं लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको छोरा असीमको भरतपुर नगरपालिकामा भएको समायोजन उल्टाएर संघमै फर्कन सफल भएका थिए । उनले स्थानीय तहबाट संघमा फर्कनका लागि अदालतको साहरा लिएका थिए । शाखा अधिकृतबाट निजामती सेवामा पाइला राखेका हुन असीमले । रेग्मीले ७५ साल मंसिर १९ गते निजामती सेवामा पाइला राखेका हुन । र ७५ साल फागुन ५ गते भरतपुर महानगरपालिकामा समायोजन भएको थियो सातौं तहमा । कर्मचारी समायोजन ऐन ०७५ को दफा ७ अन्तर्गत भरतपुर महानगरपालिका चितवनतिर अधिकृत सातौँ तहमा समायोजन भएका असिमको भदौ ३ गते मन्त्रिपरिषद्बाटै निर्णय गराएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गराइएको थियो ।

अदालतबाट आदेश आएको साता दिन भित्रैमा प्रधानमन्त्री तथा मन्त्रिस्तरीय निर्णय गरी लोकसेवा आयोगका अध्यक्षका पुत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको भेटिन्छ । सामान्य प्रशासन मन्त्रालयले २३४२३६ कर्मचारी समायोजन नम्बर भएका रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा समायोजन वा पदस्थापन गराउँदा सो समयमा रेग्मीका पुत्रसहित अन्य १० जना अधिकृतलाई अख्तियार वा अन्तरगत समायोजन गरिएको थियो ।रेग्मी झण्डै दुई बर्ष अख्तियार,दुई बर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै गत वैशाखदेखि उद्योग मन्त्रालयमा कार्यरत रहेको भेटिन्छ ।

यसरी स्थानीय तहमा समायोजन भएका दुई उच्च प्रशासकका छोराहरु समायोजन उल्टाएर संघमा फर्किएका थिए । अहिले ती दुबै उच्च प्रशासक एउटै निकायमा कार्यरत रहेका छन् । माधव रेग्मी अध्यक्षको भूमिकामा छन् भने सचिवको जिम्मेवारी सम्हाल्न हालैमात्र गृहबाट लोकसेवा आयोग पुगेका छन्,रामेश्वर दंगाल ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच दर्जन प्रश्नको जबाफ दिएपछि ओलीको स्थान हद फुकुवा

निर्वाचन आचारसंहिता लाग्नु अघि धमाधम बढुवा र नियुक्ति

गृह मातहत २५० दरबन्दी रिक्त,सामान्यले जथाभावी कर्मचारी चलाउँदा निर्वाचनको मुखमा झनै समस्या

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

जनहितमुखी सुशासन : शान्ति, स्थिरता र समृद्धिको आधार       

संघीय मन्त्रालयमा कार्यरत ८ अधिकृतलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

कर्मचारी प्रेस समाचार प्रभाव : फेरिए उपत्यकाकाको तीन मालपोत प्रमुख

३० अधिकृतको सरुवा : १६ जना संघीय मन्त्रालयबाट पुगे स्थानीय तह

बिशेष