निजामती किताबखानाको डिजिटल फड्को : अब तालिम अपडेटका लागि पुल्चोक धाउनुपर्नै झण्झट अन्त्य

राष्ट्रिय निजामती किताबखानाले प्रविधिमा एक पछि अर्काे फड्को मार्ने क्रम जारी छ । यस अघि सातै प्रदेशका स्थानीय तहका कर्मचारीहरुलाई निजामती किताबखानाको प्रणालीसँग आवद्धता अगाडि बढाएको उक्त संस्थाले अब कितावखानाले सरोकारवाला निकायहरु बिच सेवा अन्तरआवद्वताको बिस्तार गर्दै आईरहेको छ ।

बिज्ञापन

सोही क्रममा राष्ट्रिय कितावखाना र प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, कोशी (कलवलगुडी, झापा) बिच तालिम सम्बन्धि सेवाको अन्तर आवद्वता बिस्तार गर्ने समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

बिज्ञापन

निजामती कर्मचारीको सूचना बैंक तथा सुबिधाको निर्धारकको रुपमा रहेको केन्द्रीय बिभाग राष्ट्रिय कितावखानाले कर्मचारी सूचनालाई पूर्ण र शुद्व बनाउदै लैजाने रणनीति अनुरुप सरोकारवाला निकायहरु बिच सेवा अन्तरआवद्वताको बिस्तार गर्दैआईरहेको छ । यसरी अन्तरआवद्वताको लागि साझेदारी गर्ने प्रतिष्ठान समग्रमा नवौं तथा संघीय राजधानी बाहिरको हकमा पहिलो तालिम प्रदायक प्रतिष्ठान बन्न पुगेको छ ।

बिभागका महानिर्देशक श्रवण कुमार पोखरेल र कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख बिष्णु कुमार कार्की बिच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भए सँगै प्रतिष्ठानले पिआइएस सिष्टमको ट्रेनिङ मोडलको संचालन तथा व्यवस्थापन गर्न सक्ने पहुँच (एक्सेस) प्राप्त गरेकोछ ।

बिज्ञापन

यस अघि निजामती कर्मचारीहरुले जागिरे जीवनमा वृत्ति विकाससँग जोडिएका केही तालिम लिएको विवरण अपडेट गर्नका लागि समेत पुल्चोक धाउनुपर्ने कष्टकर अवस्था रहेकोमा अब सो व्यवस्था अन्त्य भएको छ ।  अव यस प्रतिष्ठानबाट तालिम प्राप्त गर्नुहुने रास्ट्रसेवकको तालिम सम्बन्धि पुर्ण सूचना प्रतिष्ठान स्वयमले नै पिआइसमा अपडेट गर्न सक्ने विभागका महानिर्देशक पोखरेलले जनाएका छन् । यस्तै प्रमाण पत्रको डिजिटल कपी समेत अपलोड गर्न सकिने विभागले जनाएको छ ।

यस व्यवस्थाको कार्यान्वयनबाट कर्मचारी सूचना बैंक स्वत पूर्ण र परिस्कृत बन्दैजानेछ भने तालिम प्रदायक निकायले प्रमाण पत्रको ओरजिनल कपीको अभिलेख राखिरहनु पर्ने झन्झट गर्नुपर्दैन । अर्को तर्फ तालिम प्राप्त कर्मचारीले अपलोडका लागि कितावखाना धाईरहनु पनि पर्दैन । यदी हराएमा पनि कितावखानाबाट सजिलै प्रतिलिपि पाउन सकिन्छ ।
यस्का अलवा किताबखानाले निकट भविष्यमा जिल्ला स्तरबाटै सेवा लिन सकिने गरी ई पेन्सन प्रणाली सुरु गर्न लागेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष