साल्ट ट्रेडिङमा उर्मिलाको मनपरीतन्त्र,अनियमितताको आरोपसहित मन्त्रालयमा उजुरी

मुलुकमा गणतन्त्र आएको २० वर्ष पुग्नै लाग्यो तर नुन, रासायनिक मल र खाद्य पदार्थलगायत व्यापारिक कारोबार गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा भने ‘राजतन्त्र शैली’ चलिरहेकै छ । जसरी रिर्पोटस क्लब भनेको ऋृषि धमला,उपभोक्ता हित संरक्षण मञ्च भनेकै ज्योती बाँनिया र प्रेमलाल महर्जनहरु नै आजिवन अध्यक्षको कुर्सीमा छन्,ठीक उही ढङ्गबाट २० बर्षदेखि एकै व्यक्तिको एकाधिकार चलिरहेको छ,साल्ट ट्रेडिङमा ।

बिज्ञापन

स्थापनाको उद्देश्यविपरीत संस्थाभित्र मौलाएको एकाधिकार,मनपरी तन्त्र, अपारदर्शी खरिद प्रक्रिया र १५ वर्षदेखि एकै व्यक्ति उर्मिला श्रेष्ठको नेतृत्वमा रहेको व्यवस्थापनले कर्पोरेसनलाई विवादको केन्द्रमा तानेको हो । लामो समयसम्म एउटै व्यक्ति नेतृत्वमा रहँदा संस्थाभित्र पारदर्शिता र सुशासन कमजोर हुँदै गएको आरोप साल्ट ट्रेडिङमाथि लागेको छ । यसबाहेक, नयाँ संविधानले सरकारी र अर्ध–सरकारी निकायहरूमा खुला प्रतिस्पर्धाबाट मात्र कर्मचारी भर्ना गर्नुपर्ने स्पष्ट व्यवस्था गरे पनि साल्ट ट्रेडिङमा सञ्चालक र व्यवस्थापनले आफन्त र आसेपासेलाई करारमा भर्ती गर्ने क्रमलाई निरन्तरता दिएको पाइएको छ ।

बिज्ञापन

विगत १९ वर्षमा पटक–पटक सरकार परिवर्तन भए । राजतन्त्र ढलेर गणतन्त्र आयो । दलको शासन बदलिएर दुई पटकसम्म अन्तरिम सरकार बन्यो । तर त्यहाँ अहिले पनि उर्मिला श्रेष्ठकै कब्जामा छ,साल्ट ट्रेडिङ कर्पोरेसन । प्रत्येक दुई/दुई वर्षमा साल्ट ट्रेडिङ कर्पोरेसनमा सञ्चालकहरू फेरिएपनि श्रेष्ठलाई प्रमुख पदबाट हटाएर संस्थामा नयाँ नेतृत्व ल्याउने आँट कसैले देखाएको छैन । बरु उनलाई संस्थामा राखेरै नेपाल चेम्बर अफ कमर्सले उपाध्यक्ष र नेपाल महिला चेम्बर अफ कमर्सको अध्यक्षसमेत बनाउने काम भयो । विभिन्न व्यावसायिक घरानाबाट सञ्चालकहरू आए पनि श्रेष्ठको विकल्पमा अन्य सीईओ ल्याउने विषयमा कुनै बहस भएको सुनिदैन ।

०६३ सालपछि निरन्तररुपमा यस संस्थाको प्रमुख कार्यकारी अधिकृतमा उर्मिला श्रेष्ठ रहँदै आएकी छिन् । सो संस्थामा नेपाल सरकारको ११.५९ प्रतिशत र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ९।६७ प्रतिशत र सर्वसाधारणको ७८।७४ प्रतिशत सेयर रहेकाले पनि कर्पोरेसनको प्रमुख कार्यकारी अधिकृत परिवर्तन गर्न सकेको छैन । साल्ट ट्रेडिङमै तीन दशक बढी काम गरेका नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष स्वर्गीय ईश्वरलाल श्रेष्ठकी छोरी हुन्। व्यावसायिक तथा राजनीतिक पारिवारिक पृष्ठभूमि र साल्ट ट्रेडिङमा लामो समय काम गरेकै आधारमा उनले निरन्तरता पाउँदै आएकी छिन् । एकै व्यक्तिको एकाधिकार हुँदा साल्ट ट्रेडिङमा अनियमितता मौलाएको छ तर कहिँ कतैबाट छानबिन हुन सकेको छैन । कर्पोरेसनको सबैभन्दा विवादास्पद र शंकास्पद कारोबार रासायनिक मल खरिदमा देखिन्छ ।

बिज्ञापन

साल्ट ट्रेडिङले ३ सेप्टेम्बर २०२२ मा २७,५०० मेट्रिक टन रासायनिक मल खरिदका लागि यही विवादास्पद कम्पनीलाई २ करोड ५ लाख ४२ हजार ५०० डलरको ठेक्का दिएको थियो ।सोही समयमा इन्डियन पोटास लिमिटेडविरुद्ध भारतमा सीबीआईले अनुसन्धानलाई अन्तिम चरणमा पु¥याइसकेको थियो । यो क्रम यतिमै रोकिएन, कर्पोरेसनले सन् २०२४ जनवरी ४ मा पुनः २५,००० मेट्रिक टन युरिया मल खरिद गर्न १ करोड ११ लाख ३७ हजार ५०० डलर ९तत्कालीन डलर भाउअनुसार करिब १ अर्ब ४८ करोड रुपैयाँ० को ठेक्का सोही कम्पनीलाई नै दिएको छ,साल्ट टे«डिङ्गले ।

यसरी भारतमा अर्बौं रुपैयाँ घोटालाको आरोपमा त्यहाँको केन्द्रीय अनुसन्धान ब्यूरोको छानबिनमा परेको ‘इन्डियन पोटास लिमिटेड’ नामक कम्पनीलाई पटक–पटक बिनाप्रतिस्पर्धा ठेक्का दिइएको भेटिन्छ । यसरी उता गम्भीर आरोपमा भारतमा अनुसन्धान चलिरहेको र अभियोगपत्र समेत दर्ता भइसकेको विवादास्पद कम्पनीलाई नेपालको साल्ट ट्रेडिङले भने निरन्तर रासायनिक मल खरिदको ठेक्का पाइरहनुमा ठूलो चलखेल देख्छन्,त्यहीँका कर्मचारीहरु । उसो त विगतमा साल्ट ट्रेडिङमाथि चिनीको कालोबजारी गरेको र कृत्रिम अभाव सिर्जना गरी महँगोमा बेचेर १ अर्ब रुपैयाँभन्दा बढी मुनाफा कमाएको आरोप लाग्दै आएको छ ।

यसरी ठूल्ठूला अर्बौ/खर्वको मलको ठेक्का पाएको,नुन बिक्रीका लागि त एकाअधिकार नै पाएको साल्ट ट्रेडिङको वित्तीय स्थितिमा भने कुनै पनि सुधार आउन सकेको देखिँदैन । वित्तिय विवरणहरु केलाउने हो भने ८ अर्ब ७७ करोड रुपैयाँ बराबरको आम्दानी गरेर कर्पोरेसनले ६ अर्ब १४ करोड रुपैयाँ वस्तु बिक्री खर्च देखाएको छ । यस्तै कर्पोरेसले थप १ अर्ब ५४ करोड व्यापारिक खर्च देखाएर कुल आय १ अर्ब ७ करोडमात्रै रहेको आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

कर्पोरेसनले आफ्नो कुल आम्दानीबाट सम्पूर्ण खर्च घटाउँदा ६ दशमलव १० प्रतिशत खुद नाफा गरेको छ । जसमध्येबाट आफ्नो कर्तुत लुकाउन उर्मिलाको टिमले विज्ञापनमै १ करोड ४० लाख रुपैयाँभन्दा बढी खर्च गरिएको देखिन्छ । उक्त खर्च खुद नाफाको करिब २० दशमलव ५२ प्रतिशत हो । उर्मिलाको टिममा कुमार रञ्जितकार,वज्रेश झा,हरिचन्द्र श्रेष्ठहरु रहेका छन् । अख्तियार,सर्तकताजस्ता अनियमितता हेर्ने निकायले निश्पक्ष रुपमा छानबिन गर्ने हो भने यो टिममाथि नै भ्रष्टाचार मुद्धा लाग्ने त्यही कार्यरत कर्मचारीहरु बताउँछन् ।

यसैबीच साल्ट ट्रेडिङ्ग कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ र सहायक प्रमुख कार्यकारी अधिकृत व्रजेश कुमार झाविरुद्ध गम्भीर अनियमितताको उजुरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दर्ता भएको भेटिएको छ ।

उनीहरुको टिमले युरिया मलको खरिद–विक्री प्रक्रियामा सेटिङ गरी आर्थिक लाभ लिने गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष