गृहको रिर्पोट कार्ड : कार्यसम्पादनमा मनाङ अब्बल,सबैभन्दा कमजोर पर्सा र काठमाडौं

गृह मन्त्रालयले चालू आर्थिक वर्ष २०८२/ ८३ को पहिलो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ ।

बिज्ञापन

गृहले सार्वजनिक गरेको ७७ जिल्ला प्रशासन कार्यालयको रिर्पोट कार्ड अनुसार जिल्ला प्रशासन कार्यालय मनाङ अब्बल दह्रिएको छ भने सबैभन्दा कमजोर कार्यसम्पादन पर्सा र काठमाडौं जिल्ल प्रशासन कार्यालयको देखिएको छ ।

बिज्ञापन

जसमा २९ दशमलव २५ पूर्णाङ्कमध्ये मनाङले २८ दशमलव ७५ अंक प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमध्ये पहिलो स्थान हासिल गरेको छ । यस्तै दोश्रोमा ललितपुर जिल्ला प्रशासन कार्यालयले २८ दशमलव २५ अंक प्राप्त गरेको छ भने धनकुटाले २८ दशलमव ५,स्याङ्जा २८ दशमलव ३७,पर्वतले २८ दशमलव ३१ प्राप्ताङ्क प्राप्त गरेका छन् । यस्तै दाङ जिल्लाले २७ दशमलव ९३ प्राप्तांक प्राप्त गर्दा डोटी जिल्ला प्रशासन कार्यालयले २७ दशमलव ८७ अंक प्राप्त गरी सातौं स्थानमा रहेको छ । कार्यसम्पादनमा आठौं स्थानमा २७ दशमलव ७५ अंकसहित रामेछाप,२७ दशमलव ७ अंकसहित जाजरकोट,वैतडी र नुवाकोट जिल्ला प्रशासन कार्यालय टप टेनभित्र पर्न सफल भएका छन् ।
गृहको प्रथम त्रैमासको कासमूमा सबैभन्दा कमजोर पर्सा जिल्ला प्रशासन कार्यालय रहेको छ । मूंल्याकन अवधिमा सो जिल्ला प्रशासन कार्यालयले ६ दशमलव ३१ अंक मात्र प्राप्त गरेको छ भने काठमाडौं जिल्ला प्रशासन कार्यालयले ७ दशमलव शून्य ६,सिरहाले १० दशमलव १८ र धनुषा जिल्ला प्रशासन कार्यालयले १४ दशमलव २५ अंक प्राप्त गरेका छन् ।

गृह मन्त्रालयले शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वयलगायतका आधारमा जिल्ला प्रशासन कार्यालयहरुको कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष