राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति जुटेको छ ।अहिले सहमतिपत्रको मस्यौदा बनिरहेको रास्वपानिकट स्रोतले जनाएको छ ।
बिज्ञापन
जस अनुसार,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी आगामी निर्वाचनमा सँगै जाने गरी सहमति भएको जनाइएको छ ।
रवि र बालेनले यसअघि नै सहमति गरिसकेका थिए। यसअघि रवि, बालेन र कुलमानबीच पटकपटक छलफल भए पनि सहमति जुट्न सकेको थिएन। अहिले भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ रास्वपाका उपसभापति बन्ने भएका छन् । पार्टी सभापति भने रवि लामिछाने र प्रधानमन्त्रीको उमेदवार बालेन शाह हुने सहमति रवि र बालेनबीच यसअघि नै भइसकेको थियो । सोमबार भएको त्रिपक्षीय छलफलमा कुलमान रास्वपाको उपसभापति रहने गरी सहमति भएको जनाइएको छ ।
सहमति अनुसार, समानुपातिक सूचीमा कुलमानको टिमबाट १८ जना समावेश हुने भएका छन् ।

























