चुनावको मुखैमा किन फेरिए गृह सचिव ?

तीन महिनामै गृह सचिवमा रामेश्वर दंगाल सरुवा भएका छन् । जेनजी विद्रोहपछि तत्कालीन गृह सचिव  गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाएर रक्षा सचिवको भूमिकामा रहेका दंगाललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

बिज्ञापन

तर तीन महिना अवधि नपुग्दै दंगाललाई सरुवा गरेर लोकसेवा आयोगमा खटाइएको छ । दंगाल कडा स्वभावका प्रशासकका रुपमा चिनिन्छन् । यस अघि धनकुटा र सल्यानको प्रमुख जिल्ला अधिकारी चलाइसकेका उनी भन्सार विभागका महानिर्देशक समेत चलाइसकेका कर्मचारी हुन । यस अघि राजस्व सचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव हुँदै रक्षा पुगेका दंगाललाई तीन महिनामै अर्थात निर्वाचनकै सम्मुखमा गृहबाट सरुवा गरेर किन लोकसेवा आयोगमा पठाइएको होला ?

बिज्ञापन

गृह सचिवको भूमिकाप्रति मन्त्री ओमप्रकाश अर्याल रुष्ट हुन पुगेको स्रोतको भनाई छ । विशेषगरी सहसचिव र उपसचिवहरु सरुवा गर्दा भक्तपुरमै बसोबास भएका र एमाले पृष्टभूमिका कर्मचारीहरुलाई मात्र आकर्षक जिल्लामा खटाउँदै आएका कारण उनी उपर कर्मचारी वृत्तमै व्यापक गुनासो रहेको थियो । सोही कारण उनलाई गृहबाट लोकसेवा आयोगमा खटाइएको बताइन्छ ।उनीमाथि सरकारका गुप्त योजनाहरु गुण्डुमा पुर्याउने गरेका एकाथरीको आरोप छ । यही कारण पनि उनलाई गृहबाट सरुवा गरेर लोकसेवा आयोगमा पठाइएको हो ।

उता गृहमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राजकुमार श्रेष्ठलाई लगिएको छ । विद्यालय निरीक्षक (विनि)बाट प्रशासन सेवामा फड्को मार्दै उपसचिव र ६९ सालका सहसचिव हुन श्रेष्ठ । ७८ भदौंमा सचिवमा बढुवा भएका श्रेष्ठ सचिव बढुवा भएपछि कर्णाली प्रदेशको प्रमुख सचिव, लोक सेवा आयोगको सचिव हुँदै राजकुमार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै गृहमा भित्रिएका हुन । उनको पुख्र्याैली थलो गोरखा हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीलाई भूमि मन्त्रीको निर्देशन – मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नु

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुटको निर्णय : प्रतिलिटर कति हुन्छ सहुलियत ?

मन्त्रीहरुको मर्यादाक्रममा व्यापक हेरफेर : गृहमन्त्री पाँचौंमा झर्दा,परराष्ट्र र उर्जामन्त्री माथि ल्याइयो

योजना आयोगमा भट्ट,डेपुटी गभर्नरमा पण्डित नियुक्त

बिशेष