वन तथा वातावरण मन्त्री माधव चौलागाईले कर्मचारीहरु सरुवामा समेत जुम्लेलीहरुलाई मात्र च्याप्न थालेका छन् । कर्मचारी प्रशासनदेखि सल्लाहकार र स्वकीयहरुसम्म जुम्लाकै च्याप्दाको परिणाम कर्मचारी वृत्तमा नराम्रो प्रभाव पर्न लागेको छ ।
बिज्ञापन
निर्वाचन आचारसंहिता लाग्नु अघि वन मन्त्रालयले केही कर्मचारीहरुको सरुवा गर्दै छ । सोही सरुवामा बढुवाको अंक जोड्न प्रायोजनका लागि जुम्ला स्थायी ठेगना भएका आठ जना गेम स्काउटहरु दुर्गममा जाने तारतम्य मिलाइसकेका छन् ।
वन मन्त्रालय स्रोतका अनुसार हाल बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत पंख तिरुवा,बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत शरद शर्मा,बाँके राष्ट्रिय निकुञ्जमा कार्यरत विशाल थापा मगर,शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा कार्यरत गोबिन्द उपाध्याय,शुक्ला राष्ट्रिय निकुञ्जमा कार्यरत प्रयाग राज कुमाई,बाँके राष्ट्रिय निकुञ्जमा कार्यरत रहेका दिपक चौलागाई र महेन्द्र चौलागाई र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्यरत हरिशंकर न्यौपाने लगायतका गेम स्काउटहरुलाई उनीहरुको बढुवा अंक पुर्याउनकै लागि दुर्गममा खटाउने गरी मन्त्रालयले चाँजो पाँजो मिलाइरहेको हो ।
आन्तरिक बढुवा खुल्नु भन्दा केहि दिन अगाडि सरुवा मिलाएर दुर्गममा हाजिर हुन जाने र बढुवा भएको केहि महिना मै सुगम जिल्ला जाने चलन निरन्तर चलिरहेको छ,कर्मचारीवृत्तमा । सुशासनलाई मूल नारा दिएर बनेको जेनजी सरकार नै अहिले त्यही विकृतीलाई मलजल गर्न लागेको आरोप लाग्न थालेको छ,कर्मचारी वृत्तबाट ।
विभागको कर्मचारी प्रशासन हेर्दै आएका प्रेम देवकोटा नै मन्त्रालयमा काजमा गएर नियम विपरित यसरी गेम स्काउटहरुको सरुवा गर्न खोजिएको कर्मचारीहरुको गुनासो छ ।
बिज्ञापन
बढुवा बिज्ञापन हुनु भन्दा केहि दिन अगाडि पावरको चलखेल गर्दै फुटकर सरुवा गराएर मन्त्रालयबाट कर्मचारीहरु जिल्ला भित्रिन थालेपछि दुर्गममा बसेर वर्षौ काम गरेका कर्मचारीहरु निरास बन्न थालेका छन् ।कर्मचारी प्रेसका सम्पर्कका आएका दुर्गममा कार्यरत केही कर्मचारीहरुले यस्तो गुनासो गरेका हुन । यस अघि संघीय मामिलाबाट यस्तै बदमासी भएको घटना सेलाउन नपाउँदै वन मन्त्रालयबाट समेत त्यस्तै बदमासी गर्न लागेको हो ।
यद्यपि वन मन्त्रालयका उपसचिव वावुराम घिमिरेले ‘मन्त्रालयबाट ती कर्मचारीहरुको सरुवा हुन लागेको बिषयमा आफूलाई जानकारी नभएको’ बताए । ‘कर्मचारीहरुको सरुवाका लागि सहमति नलिकन कर्मचारी सरुवा गर्न मिल्दैन । त्यसरी कर्मचारी सरुवाका लागि मन्त्रालयबाट सहमति प्रक्रिया अगाडि बढेको बिषयमा मलाई कुनै जानकारी छैन’ उनले भने ।
यस बिषयमा बुझ्न राष्ट्रिय निकुञ्ज विभागका सूचना अधिकारी हरिभद्र आचार्यसँग जिज्ञासा राख्दा ‘आफू बर्दियामा रहेका कारण यस बिषयमा थाहा नभएको’ प्रतिक्रिया दिए ।
लामो समयदेखि दुर्गममा बसेर सेवारत कर्मचारीहरुले भने दुरिष्ट कर्मचारीहरु बढुवा खान दुर्गममा आउँदा आफूहरु मर्कामा पर्ने भन्दै चिन्ता पोखेका छन् । ती कर्मचारीहरुलाई आगामी दुई महिना पछाडि हुने बढुवालाई लक्षित गरेर दुर्गममा खटाउन लागिएको भन्दै आपत्ति जनाएका छन् । आगामी फागुनमा वन स्काउटहरु रेञ्जरमा बढुवा हुँदैछन् । सोही बढुवा बाटै जुम्लेली कर्मचारीहरुलाई एक तह बढुवा गर्ने प्रायोजन अनुसारै कर्मचारीहरुलाई दुर्गममा पठाउन लागिएको हो ।
‘सपादलक्ष कर्णाली’ पुस्तक र ‘म मान्ठ हुँ’ गीत मार्फत कर्णालीको विविधता, भाषा, संस्कार र पहिचानलाई देशभरि परिचित गराएका जुम्ला तातोपानीका माधव चौलागाईं अहिले वन मन्त्रीको जिम्मेवारीमा छन् । पेशाले जनस्थ्यविद रहेका उनका दुई दशकभन्दा बढी समय जनस्वास्थ्य र विकास क्षेत्रमा बिताएका उदारहणीय व्यक्ति हुन ।
तिनै चौलागाईले वन मन्त्रालय सम्हाले पछि आफ्नो मन्त्रालयमा जुम्ला जिल्लाबासीहरुले प्रभुत्व पाइरहेका छन् । हालैमात्र वनबाट सहसचिव मीमास अधिकारीलाई खेदेर भुपेन्द्र थापालाई ल्याएका छन् । थापालाई उद्योगबाट वन मन्त्रालयमा इन्ट्री हुँदा मीमासलाई राष्ट्रिय योजना आयोगमा पठाएका हुन । यस अघि उनले उपसचिव शोभाखर रेग्मीलाई मन्त्रालयको कप्रबाट लखेटेर त्यहाँ जुम्लेली प्रेम देवकोटालाई ल्याएका छन् । देवकोटालाई एक साथ तेहोरो जिम्मेवारीमा छन् । अहिले देवकोटाको काँधमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कर्मचारी प्रशासन शाखा,मन्त्रीको नीजि सचिव र मन्त्रालयको कर्मचारी प्रशासन फाँट हेर्न भ्याइ नभ्याइ छ ।मन्त्रीका स्वकीय,निजी सहयोगी बनेर मन्त्रालय भित्रिएका उनै चौलगाई यस्तै यस्तै कारण विवादित हुन थालिसकेका छन् ।
यस्का अलवा लेखा लगायतका अन्य फाँटमा समेत जुम्लाका कर्मचारीहरु ल्याउने गरी मन्त्रीका नजिककाहरुको दौडधुप चलिरहेको छ ।

























