रिक्त आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी खटाइँदै,को को छन् चर्चामा ?

गृह मन्त्रालयले केही सहसचिवहरुको सरुवाको सूची निकाल्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को पुस ३ गते बिहीबार बसेको बैठकले ६० सहसचिवको सरुवा गर्दा गृह मन्त्रालय अन्तर्गतका १३ सहसचिवको अन्य मन्त्रालयमा सरुवा भएका थिए । यसरी सरुवा हुनेमा ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु रहेका थिए ।

बिज्ञापन

अस्तिको लट सरुवामा लमजुङका सिडिओ डा टोकराज पाण्डे लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गण्डकी प्रदेश, खोटाङकी सिडिओ कल्पना श्रेष्ठ उद्योग मन्त्रालय,इलामकी सिडिओ सुनिता नेपाललाई लगानी बोर्डको सचिवालयमा, सल्यानका सिडिओ नेत्र प्रसाद सुवेदी उद्योग मन्त्रालय, पूर्वी नवलपरासीका सिडिओ कृष्ण प्रसाद लम्साल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गण्डकी प्रदेश,दोलखाका सिडिओ नारायण प्रसाद रिसाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोशी प्रदेशमा खटाइएको थियो भने सिन्धुपाल्चोकका सिडिओ बन्धु प्रसाद बाँस्तोल लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, लुम्बिनी प्रदेश र बाराका सिडिओ धर्मेन्द्र मिश्र लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मधेस प्रदेशमा जिम्मेवारी दिइएको छ। यसरी खटाइएकामध्ये अधिकांश सहसचिवहरु दुई महिना नबित्दै सरुवा भएका थिए ।

बिज्ञापन

गृहबाट ८ प्रमुख जिल्ला अधिकारीसँग कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्मा र मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख गोविन्द रिजालको पनि सरुवा भएको छ भने अतिरिक्त समूह जगेडामा रहेका सहसचिवहरू पनि सरुवामा परेका थिए ।
सो सरुवा पछि लमजुङ,खोटाङ,इलाम, सल्यान,दोलखा,नवलपरासी, सिन्धुपाल्चोक र बारासहितका आठ जिल्ला प्रमुख जिल्ला अधिकारीविहि बनाइएको छ । ती जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्ने गरी रेखा कँडेल, निश्चलराज पाण्डे, राजन पौडेल, लक्ष्मी प्रसाद पौडेल, मदन कोइराला, उमेश ढुंगाना र शान्ति प्रसाद प्रसाई गृहमा भित्रिएका छन् । उनीहरुमध्येबाटै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइने गृह मन्त्रालयको प्रशासन महाशाखाले जनाएको छ ।

सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । त्यसका लागि जिल्लामा शान्ति सुरक्षा स्थापित गर्ने र निर्वाचनको वातावरण निर्माण गर्ने कामको नेतृत्वका लागि आज भोलिमै प्रमुख जिल्ला अधिकारी खटाउन लागेको हो । गृह मन्त्रालयले ती जिल्लाहरुमा आज वा भोलिभित्रमा प्रमुख जिल्ला अधिककारी खटाउने जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष