संयोग कि प्रतिशोध : सचिव बनेलगतै पूर्व पत्नीलाई दुर्गम सरुवा

स्याल कराउनु र कुखुरा हराउनु एकै पटक । स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारीमा डा. विकास देवकोटा नेतृत्व गर्ने ठाउँमा पुग्नु र उनको पूर्व पत्नी स्वास्थ्य सेवा विभागबाट सूदुरपश्चिमतिर सरुवा हुनु एकै पटक भएको छ । यो घटनालाई स्वास्थ्य सेवाका कर्मचारीहरुले सचिव देवकोटाले पूर्व पत्नीसँग प्रतिशोध साँझेको रुपमा टिप्पणी गर्न थालेका छन् ।

बिज्ञापन

डा. देवकोटाले सचिवको जिम्मेवारी सम्हालेको केही महिना पछाडि नै स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाकी निर्देशकको भूमिका निर्वाह गरिरहेकी एक अब्बल डाक्टरलाई त्यहाँबाट लखेटिइन र सरुवा भएर दुगर्ममा पुगिन । त्यो पनि विभागमा आएको बर्ष दिन नपुग्दै । यस अघि कोशी प्रदेशमा सेवा गरेर उनी विभागमा आइपुगेकी थिइन । तर बर्ष दिन नपुग्दै उनलाई दुर्गममा गरिएको सरुवालाई पूर्व पतिले गरेको हिंसाको रुपमा अर्थाउनेहरु पनि छन्,स्वास्थ्य मन्त्रालयतिर ।

बिज्ञापन

हाल मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी सम्हालिरहेकी तिनै चिकित्सकसँग कर्मचारी प्रेसले जिज्ञासा राख्दा उनले ‘सरुवाप्रति आफ्नो कुनै गुनासो नरहेको तर सिष्टमप्रति ठूलो गुनासो रहेको’ टिप्पणी गरिन । डा देवकोटा सचिवको जिम्मेवारीमा आउनु र आफ्नो दुर्गममा सरुवा हुनुलाई उनले कागतालीको रुपमा अर्थाइन ।

उसो त उनै देवकोटाले सचिवको जिम्मेवारी सम्हालेको तीन महिना नबित्दै जेठी पत्नीसँग सम्बन्ध विच्छेद पछि भित्र्याइएकी पत्नीलाई काठमाडौ थापाथलीमा अधिकृत स्तरको पदमा ठाडो नियुक्ति दिलाएको बिषयमा समेत उनको आलोचना भइरहेको छ । सचिव देवकोटाले आफ्नो पत्नीलाई विना प्रतिष्प्रर्धा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको नर्सिङ क्याम्पसमा नर्सिङ प्रशिक्षक नियुक्त गरेको अस्पतालका कर्मचारीहरुले जनाएको छ ।

बिज्ञापन

पूर्ववर्ती सरकारले गत फागुन २१ मा देवकोटालाई स्वास्थ्य सचिवमा नियुक्त गरेको थियो । उनै देवकोटा सचिव नियुक्त भएसँगै आफ्नी पत्नीलाई विना प्रतिष्प्रर्धा परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालमा प्रवेश गराएका हुन । उनी सचिव बढुवा भएको तीन महिना पछि नै श्रीमतीलाई परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालको नर्सिङ प्रशिक्षकमा नियुक्त गरेका हुन । क्याम्पसले करार कर्मचारी नियुक्ति नियमावली नबनाई गत चैत्र र वैशाखमा डा देवकोटाकी श्रीमतीसहित चार जना नर्सिङ प्रशिक्षक नियुक्त गरेको हो । देवकोटा पत्नीको सेवा अवधि जेठ १ गतेबाट ०८३ असारसम्म तोकिएको छ । उनी सचिव नियुक्त भएको तीन महिना पछि श्रीमतीलाई अस्पतालको नर्सिङ प्रशिक्षकको रुपमा नियुक्त गरिएको हो । यस अघि पनि यसै गरी ठाडै तीन जनालाई नर्सिङ प्रशिक्षकमा विना प्रतिष्प्रर्धा नियुक्त गरिएको थियो । अस्पतालले आवेदन नै माग नगरी आन्तरिक रूपमा प्रतिस्पर्धाका नाममा उनीहरुलाई नियुक्त गरेको हो ।

अस्पताल प्रशासनले यसरी नियुक्त भएका चारमध्ये एक महिला सचिव विकास देवकोटाको श्रीमती भएको स्वीकार गरेको छ तर उहाँको नियुक्ति नियमसंगत ढंगबाटै भएको अस्पतालले भनेको छ । कर्मचारी प्रशासनले अस्पताल प्रशासनसँग यो बिषयमा जिज्ञासा राख्दा, सचिवको सोर्स फोर्सको आधारमा नभइ आन्तरिक प्रतिस्पर्धामार्फत सचिव देवकोटा पत्नीसहित चार जनालाई नियुक्त गरेको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष