जहाँ जुनियर हाकिमले सिनियर कर्मचारी खटन पटन गरिरहेछन्

देशकै सबैभन्दा ठूलो महानगरपालिका काठमाडौं महानगरपालिकामा प्रशासन संयन्त्र भद्रगोल रुपमा चलिरहेको छ । जहाँ छैठौं तहका कर्मचारीहरुले सातौं र आठौं तहका कर्मचारीहरुलाई खटन पटन गरिरहेको भेटिन्छ । कर्मचारीतन्त्रमा सिनियरले जुनियरलाई खटनपटन हुनुपर्ने हा तर त्यहाँ ठीक उल्टो छ जुनियर हाकिमले सिनियरलाई काममा खटाउँछन् ।

बिज्ञापन

महानगरपालिकाको वातावरण विभाग, सूचना प्रविधि विभाग, राजश्व विभाग, नक्सा हेर्ने शहरी व्यवस्थापन विभागमा दशौंलाई फाजिलमा राखेर राजश्वबाहेकको विभागमा आठौं र नवौं तहलाई राखिएको छ । कुनै पनि रिक्त दरवन्दीमा बढीमा छ महिनाका लागि कायममुकायम दिन सकिन्छ । तर नगर प्रहरीमा राजुनाथ पाण्डेले २ बर्षदेखि नियम विपरित नेतृत्व सम्हालिरहेका छन् ।

बिज्ञापन

त्यस्तै वातावरण विभागमा आठौं तहकी सरिता राई हाकिम छिन् । महानगरको भन्सार भनेर चिनिने नक्सा फाँट सम्हाल्ने शहरी व्यवस्था विभागमा ललितपुर महागनरबाट समायोजन भएर गएका नवौं तहका इञ्जिनियर हरिश्चन्द्र लामिछानेले जिम्मेवारी सम्हालेका छन् । सूचना प्रविधि विभागमा मात्र ५ जनाभन्दा बढी आठौं तहका कर्मचारी छन् । जस्तैः नक्सा शाखामा इन्जिनियर सन्तोष पाण्डे, सूचना प्रविधि विभागमा सुदिप ढकाल, वातावरण विभागमा सुनिल लम्साल, शिक्षा विभागमा सस्मित पौडेलहरुले भनेबमोजिम मात्र काम हुने गर्दछ । उनीहरु मेयर वालेनका कोर टिमका हुन । त्यही भएर पनि अहिले महानगरले गर्ने विकास निर्माण, संरचना निर्माण एवं खरिद कार्यमा स्पेसिफिकेशनदेखि नै यिनै विज्ञहरुको सेटिङ्ग चल्ने गर्दछ । एउटै शाखामा ३ जनासम्म आठौं तहको कर्मचारीलाई घाम तपाएर राखिएको छ । यो त भयो केन्द्रीय कार्यालयको कुरा ।

महानगरपालिकाका ३२ वडामध्ये धेरैतिरको हालत उस्तै छ । छैठौं तहको पानी बढुवा अधिकृतले सातौ वा आठौं तहका कर्मचारीलाई खटनपटन गरिरहेका छन् । महानगरको वडा नं. १,२,५,८,९,११,१२,१४,१७,२६,२८,२९ र ३० लामो समयदेखि छैठौंले हाँकिरहेका छन् । अनि उनीहरुले आठौं तहका प्राविधिक तथा लेखा अधिकृतहरुलाई खटन पटन गरिरहेको देखिन्छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष