जेनजीका मन्त्रीहरुलाई भेगीय र जातीय कर्मचारीकै भर

महिला मन्त्री आए महिला कर्मचारी टिम बनाउन खोज्ने,तमाङ्ग र जनजाती पृष्टभूमिका मन्त्रीलाई आदिवासी र जनजातीबाहेक अरु कर्मचारीको भरोसा नहुने,सुदूरपश्चिमका मन्त्री भए टिम सुदूरकै बनाउनुपर्ने !यस्तो रोगबाट जेनजीमन्त्रीहरु पनि अछुतो रहेनन् ।

बिज्ञापन

जस्तो कुलमान घिसिङ्ग मन्त्री बनेसँगै उनले सबैभन्दा पहिला आफ्ना मन्त्रालयबाट माधव मरासिनीलाई लखेटेर रुद्रमान सिङ्ग तमाङ्गलाई उर्जामा लगेका छन् अब आस्मान तमाङ्गतिर ध्यान छ । उस्तै हविगत छ अहिले वन मन्त्रालयमा । सुशासनविद्हरु प्रधानमन्त्री र मन्त्री कति सफल वा असफल हुन्छन भन्ने बिषय त्यसको सचिवालयलाई हेरेरै निर्णय गर्न सकिने टिप्पणी गर्दछन् ।

बिज्ञापन

तर सुशासनको रटान लगाउँदै आएको प्रधानमन्त्री सुशीला कार्कीको टिममा सर्वाेच्चका करारका कर्मचारी आर्दश श्रेष्ठका कारण प्रधानमन्त्री बदनाम हुँदैछन् । यस्तै हालैमात्र वन तथा वातावरण मन्त्रालय सम्हालिरहेका छन्,माधवप्रसाद चौलागाईले । जुुरुक्क कर्णाली गीतबाट चर्चामा आएका चौलागाई गत मंसिर २६ गते वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा छन् तर उनको अघोषित सल्लाहकारको रुपमा काम गरिरहेका छन्,ऐनबहादुर शाहीका छोरा राजेन्द्रले ।

निजामती प्रशासनमा पछिल्लो समय भेगीय अर्थात क्षेत्रीय प्रभुत्वको बोलबोला देखिन थालेको छ । कसनै समय दैलेख जिल्लाकै ९ जना प्रमुख जिल्ला अधिकारी बनेका रेकर्ड राखेका थिए । दैलेखकागोविन्दप्रसाद रिजाल, घनश्याम उपाध्याय,सन्तबहादुर सुनार,खगेन्द्रप्रसाद रिजाल,कृष्णप्रसाद आचार्य, हरिबहादुर प्याकुरेल लगायतका ९ जना दैलेखीले एकै पटक देशका गृह प्रशासन कमाण्ड गर्ने अवसर पाएका थिए ।त्यस पछि गृह प्रशासनमा पर्वतेहरुको पकड रह्यो । कुनै समय अर्थ मातहतका निकायमा स्याङ्गजालीको वर्चश्व देखिन्थ्यो । पर्यटन मन्त्रालय सुदूरपश्चिमेलीको कब्जामा थियो,अघिल्लो पटक।  उसैगरी अहिलेका वनमन्त्री जुम्लाका कर्मचारीहरुको टिम बनाउन सक्रिय छन् । हालैमात्र वनबाट सहसचिव मीमास अधिकारीलाई खेदेर भुपेन्द्र थापालाई ल्याएका छन् । थापालाई उद्योगबाट वन मन्त्रालयमा इन्ट्री हुँदा मीमासलाई राष्ट्रिय योजना आयोगमा पठाएका हुन ।
यस अघि उनले उपसचिव शोभाखर रेग्मीलाई मन्त्रालयको कप्रबाट लखेटेर त्यहाँ जुम्लेली प्रेम देवकोटालाई ल्याएका छन् । देवकोटालाई एक साथ तेहोरो जिम्मेवारीमा छन् । अहिले देवकोटाको काँधमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कर्मचारी प्रशासन शाखा,मन्त्रीको नीजि सचिव र मन्त्रालयको कर्मचारी प्रशासन फाँट हेर्न भ्याइ नभ्याइ छ । यस्तै त्यहाँ न्याय सेवाका एकराज चौलागाई भित्राइएको छ । मन्त्रीका स्वकीय तथा सल्लाहकारकै कारण भ्रष्टाचार र अनियतिमता बढेको भन्दै उनकै क्याविनेटका अर्थ मन्त्री रामेश्वर खनालले संसदहरुका स्वकीय कटौती गरेर खर्च घटाएको दावी गरिरहँदा नव नियुक्त मन्त्रीले आधा दर्जन जति सल्लाहकारका रुपमा मन्त्रालयमा भीड लगाएका छन् । जेनजी स्वकीयका रुपमा हरिहर चौलागाईलाई फेरि पनि वन मन्त्रालयमा भित्र्याइएको छ ।

बिज्ञापन

उनी यस अघि ऐनबहादुर शाहीमन्त्री हुँदा उनको सचिवालयमा थिए । अख्तियारले स्वकीयहरु हटाउन परिपत्र गरेपछि मन्त्रालय छाडेका उनी अहिले नयाँ जेनजी बनेर वनमा भित्रिएका छन् । एनजीओवाला अनिल बानिँया मन्त्रीको सचिवालयमा भित्रिएका छन् । वन मन्त्रालय स्रोतका अनुसार सो मन्त्रालय अहिले पनि मन्त्री चौलागाईले कम र पूर्वमन्त्री ऐनबहादुर शाहीको छोरा राजेन्द्र शाहीकै इशारामा चलिरहेको छ । त्यस्को एउटा ज्वलन्त उदाहरण राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिवमा भएको नियुक्तिलाई लिन सकिन्छ । अहिले पनि उक्त कोषको पदेन अध्यक्षमा जेन–जी आन्दोलनले विस्थापित गरेका तत्कालीन मन्त्री ऐनबहादुर शाही ठकुरी नै रहेका छन् भने उनैको जोडबलमा हालैमात्र नरेश सुवेदीलाई नियुक्ति दिलाएबाटै प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जेनजीका मन्त्रीहरुलाई भेगीय र जातीय कर्मचारीकै भर

एक करोडको चर्चा र नियम मिचिएको नियुक्ति

यस्ता छन् सचिव बैठकका २० निर्णय

प्राविधिकतर्फका आठ उपसचिव सहसचिव बढुवा सिफारिस

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

५ उपसचिवसहित ५४ अधिकृतहरुको सरुवा

उद्योग मन्त्रालयमा स्थायी कर्मचारीकै यस्तो दुर्दशा

बिशेष