बढुवा सिफारिस समितिले थप तीन जना उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले प्राविधिकतर्फका तीन उपसचिवहरु सहसचिवमा बढुवा सिफारिस भएका हुन ।
बिज्ञापन
जसमा नेपाल इन्जिनियरिङ सेवा सिभिल इन्जिियरिङ समूह,इरिगेसन उपसमूहका दिनकर खनाल र राजु आचार्य रहेका छन् । यस्तै, नेपाल इन्जिनियरिङ सेवा सिभिल इन्जिियरिङ समूह हाइड्रोलोजी उपसमूहका पदमराज देवकोटा सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
यस अघि अस्ति बसेको बढुवा सिफारिस समितिले प्राविधिकतर्फका पाँच उपसचिव सहसचिवमा बढुवा सिफारिस गरेको थियो । बढुवाका लागि सिफारिस भएका उपसचिवहरुमा नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,जनरल उपसमूहका गौरीबहादुर श्रेष्ठ,बैकुण्ठ अर्याल र राजकुमार श्रेष्ठ रहेका छन् । यस्तै, नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,हाइवे उपसमूहबाट राजेश कुमार गौतम र नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,आर्किटेक्ट उपसमूहबाट झप्पर सिंह विश्वकर्मा रहेका छन् ।
आठै जना प्राविधिक उपसचिवहरुलाई जेष्ठता र कार्यसम्पादन मूंल्याकनका आधारमा बढुवा सिफारिस गरिएको समितिले जनाएको छ ।
बिज्ञापन
यस अघि प्रशासन सेवातर्फका १४ जना उपसचिवहरु सहसचिवमा बढुवा सिफारिस भइसकेका छन् ।

























