एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

नेकपा एमालेको महाधिवेशनमा मध्यान्हसम्ममा ४ सय मत खसेको छ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा जारी मतदान प्रक्रियामा ८० वटा भोटिङ मेसिनमार्फत एमाले महाधिवेशन प्रतिनिधिले मतदान गरिरहेका छन् ।

बिज्ञापन

एमालेको ११ औं महाधिवेशनमा १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका चयन हुँदैछ । जहाँ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चुनिँदै छन्। अध्यक्षका प्रतिस्पर्धीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलका दुई प्यानलका गरी ६ सय ५० भन्दा बढी उमेद्धारबाट ३०१ सदस्यीय केन्द्रीय कमिटि चयन हुँदैछ ।

बिज्ञापन

एक जना मतदाताले ३ सय बढी उमेद्धारलाई मतदान गर्नुपर्ने हुँदा विद्युतीय भोटिङ मेसिन प्रयोग हुँदा समेत प्रविधिमा अभ्यस्त मतदातालाई समेत कम्तिमा ३० मिनेट समय लाग्ने बताइएको छ । मतदानस्थलमा ८० वटा विद्युतीय मेसिन राखिएको छ । एक पटकमा ८० जनाले मतदान गर्न पाउनेछन् ।

एमालेमा २२ सय ६३ प्रतिनिधि मतदाता छन् । यही गतिमा मतदान प्रक्रिया चल्दा बेलुका ८ देखि १० बजेसम्ममा मतदान सकिने आकलन गरिएको छ ।

बिज्ञापन

एमालेको भावी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । ओली प्यानलको उपाध्यक्षमा गुरु प्रसाद बराल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल छन् । महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णुप्रसाद रिमाल, सचिवमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्‌मा कुमारी अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई र हिक्मत कुमार कार्की छन् ।

पोखरेलको प्यानलमा उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंकप्रसाद कार्की, डा। विन्दा पाण्डे र पर्शुराम मेघी गुरुङ, महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई, वैजनाथ चौधरी र आनन्द पोखरेल उम्मेदवार रहेका छन् । यस्तै, सचिवमा अग्नि खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, पुरुषोत्तम पौडेल, रचना खड्का र विनोद ढकाललाई अगाडि सारिएको छ ।

अध्यक्षमा केपी ओली नै निर्वाचित हुनसक्ने आँकलन गरिँदैछ भने महासचिवमा सुरेन्द्र पाण्डे आउन सक्ने आँकलन छ ।

मतदाताहरुले प्यानल नहेरी क्रस भोटिङ गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

सामान्यको सुशासन : शाखा अधिकृतलाई धमाधम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

४ उपसचिव,३८ शाखा अधिकृतको सरुवा, १८ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

बिशेष