तातोपानी नाकाबाट तस्करी, सशस्त्रको फन्दामा परे तस्करी

काठमाडौँ । नेपाल–चीन जोड्ने उत्तरी नाका तातोपानी हुँदै भन्सार छली भित्र्याइएका लाखौँ मूल्यका अवैध चकलेट र सस सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ।

बिज्ञापन

सशस्त्र प्रहरी बल नेपाल १६ नम्बर गण हेडक्वाटर बन्देउले सोमबार राति खाडिचौरतर्फ आउँदै गरेको बा४ख ५८६४ नम्बरको सानो भ्यान जाँच गर्दा बिल–बिजक तथा भन्सार प्रज्ञापन पत्रविनाका सामग्री फेला पारेको हो। बरामद चकलेट र ससको अनुमानित मूल्य ७ लाख २२ हजार १० रुपैयाँ रहेको सशस्त्र प्रहरी जनाएको छ।

बिज्ञापन

बाह्रबिसे नगरपालिका–४ स्थित बाह्रबिसे बजार क्षेत्रमा गरिएको चेकजाँचका क्रममा भन्सार छलि ल्याइएका ती सामग्री, भ्यान र चालकलाई नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल नेपाल लामोसाँघु बेसबाट खटिएको टोलीले बाह्रबिसे नगरपालिका–६ मान्द्राका चालक शिवलाल तामाङलाई समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक अच्युत मजगैयाँले जानकारी दिए। उनका अनुसार चालक तामाङले बरामद सामान आफ्नो भएको दाबी गरेका छन्।

सशस्त्र प्रहरीले बरामद सामग्री, सवारी साधन र चालकसहित कुल २२ लाख २२ हजार १० रुपैयाँ बराबरको विवरण आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालयलाई जिम्मा लगाएको जनाएको छ। उत्तरी नाकाबाट हुने अवैध कारोबार नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको सशस्त्र प्रहरीको भनाइ छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीमाथि दोष थोपर्ने कि प्रणाली सुधार गर्ने?

नगरपालिकामा घुस काण्ड : नगर प्रमुखसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अनुकुल न्यायधीश खोज्ने प्रयास : पूर्वमन्त्री गुप्ता,श्रेष्ठ र उपसचिव अधिकारीको भ्रष्टचार मुद्धा फेरि स्थगित

रास्वपाका नवनिर्वाचित सांसदलाई पूर्व सचिवहरुको अभिमुखीकरण

ग्यास अभावको बीचमा उद्योग मन्त्रालयभित्रै युद्ध: उद्योगीलाई कारबाही, उपभोक्तामाथि थप संकट

लोकसेवा आयोगको सदस्यमा घिमिरे

सार्वजनिक प्रशासनमा ज्ञान व्यवस्थापनको आवश्यकता

आठ कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

बिशेष