ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

नेकपा एमालेको जारी महाधिवेशनमा अध्यक्ष केपी ओलीको प्यानलमा नअटाएका नेताहरुले धमाधम स्वतन्त्र उम्मेद्वारी घोषणा गर्न थालेका छन् ।यसरी स्वतन्त्र उमेद्धारी दिएका कतिपय नेताहरुलाई आफ्नो प्यानलमा समेट्ने प्रयास गरिरहेको छ ईश्वर पोखरेलसमूहले ।

बिज्ञापन

जसमध्ये कुनै समय केपी शर्मा ओलीका डाइहार्ट फ्यान मान्ने कृष्णगोपाल श्रेष्ठले ओली कित्ता छाडेर सचिवको रुपमा भिड्ने तयारी गर्दैछन । यस्तै, राजेन्द्र गौतम,रघुजी पन्त,अग्नि खरेलहरु समेत असन्तृष्ट बनेर स्वतन्त्र उमेद्धारी दिने भएका छन् । पोखरेल स्थायी कमिटी सदस्य तथा पूर्वशिक्षा मन्त्री समेत हुन । उनले उपाध्यक्षमा उमेद्धारी दिने भएका छन् ।
अहिले प्रचार प्रसार फाँट हेर्दै आएका राजेन्द्र गौतम सचिवको आकक्षी थिए तर ओलीले पदाधिकारीमा समेटेनन्,उनको नाम केन्द्रीय समितिको सदस्यको रुपमा समेटिएसँगै उनी असन्तृष्ट बनेका छन् । उनले उपमहासचिवको उमेद्धारी दिने घोषणा गरेका छन् । त्यस्तै महासचिव पदमा ओलीका तर्फबाट शंकर पोखरेल उम्मेदवार भएपछि अर्का दाबेदार प्रदीप ज्ञवाली असन्तुष्ट बनेका छन्। ज्ञवाली अहिले उपमहासचिव छन् । उनले यो महाधिवेशनमा महासचिवभन्दा माथि नजाने र सो भन्दा तल पनि नलड्ने बताएका थिए तर उपाध्यक्षमा लगेसँगै उपाध्यक्ष नलड्ने,केन्द्रीय सदस्यमात्र तयारी गर्ने बताएका छन् ।

बिज्ञापन

यस्तै महासचिवको रुपमा चर्चा गरिएका पृथ्वी सुब्बा गुरुङ पनि आफूले टिकट नपाएपछि असन्तुष्ट बनेका छन्। माधव नेपाल छाडेर केही अघिमात्र पूरानै घर फर्किएकी युवा नेता रामकुमारी झाँक्री हुन सूर्य थापा,पूर्व मन्त्री विदा भट्टराई समेत पदाधिकारी अटाउन सकेनन् ।

यता असन्तृष्टहरुलाई समेट्ने तयारी इश्वर पोखरेल समूहले गरिरहेको छ । जसअनुसार उपाध्यक्ष रघुजी पन्त र टंक कार्कीलाई समेटिएको छ ।

बिज्ञापन

ओली गुटमा नअटाएका कर्ण थापा, गोकुल बास्कोटा , विनोद ढकाल , कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको उम्मेदवारी रहेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष