सरुवा भएर गएका सचिव र उपसचिव अझैं सामान्य प्रशासनमा

सचिव रविलाल पन्थ अहिले राष्ट्रिय योजना आयोगमा कार्यरत छन् । उनी त्यहाँ हाजिर भएको साता दिन बढी भइसकेको छ । तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेब साइड खोल्दा अझैं पनि रविलाल पन्थलाई सामान्य प्रशासनकै सचिवको रुपमा देख्न पाइन्छ । उक्त मन्त्रालयमा उद्योग,शिक्षा,अर्थमा झैं दुई सचिवको दरबन्दी पनि होइन,त्यहाँ एक जना सचिवको दरबन्दी छ तर मन्त्रालयका अनुसार त्यहाँ अहिले दुई जना सचिव कार्यरत छन् । मन्त्रालयको वेबसाइट खोल्ने हो भने त्यहाँ अहिले दुईजना सचिव देखिन्छन् । गत ९ मंसिरको निर्णय अनुसार,सामान्यका सचिव रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा पठाएर त्यहाँ कोशी प्रदेशको प्रमसख सचिव चन्द्रकला पौडेललाई ल्याइएको थियो । सो निर्णय १२ गते नै सचिव पन्थले सामान्यबाट रमाना लिएका थिए भने चन्द्रकला पनि सामान्यमा हाजिर भएकी थिइन् ।

बिज्ञापन

बिज्ञापन

यसरी सचिव सरुवा भएको दुई साता व्यतित हुँदा समेत मन्त्रालयको वेबसाइड खोल्दा सोही कार्यालयमा कार्यरत देखाइएको छ । यतिमात्र होइन मन्त्रालयको स्थानीय कर्मचारी प्रशासन शाखा हेर्ने उपसचिवको रुपमा भीमकान्त पौडेलकै नाम देखिन्छ । जबकी उनी त्यहाँबाट सरुवा भएर रक्षा मन्त्रालय पुगेको महिनौं भयो ।उनको स्थानमा मन्त्रालयले अनुज घिमिरेलाई सो शाखा हेर्ने जिम्मेवारी दिइएकोमा सोमबारदेखि भेषराज खनालले सो शाखा सम्हाल्न थालेका छन् तर मन्त्रालयले अनुज र भेषराजलाई चिन्दैन,त्यहाँ अझैं हर्ताकर्ता भीमकान्तलाई बनाइएको छ ।

सामान्य प्रशासनमा आईटी हेर्न उपसचिव (निर्देशक),एक अधिकृत र अर्काे इञ्जिनियरको दरबन्दी भए पनि सरुवा भएर गइसकेका नयाँ जिम्मेवारी पाएका कर्मचारीको विवरण अपडेट समयमा हुने गरेको छैन ।
यस अघि समेत महिना दिन अगाडि नै सरुवा भएर गृहमा पुगेका सहसचिव कालीप्रसाद पराजुलीको नाम उसैगरी वेबबाट हटाइएको थिएन । सरकारले गत २३ असोजमा १५ जना सहसचिवको सरुवा गरेको थियो । यसरी सरुवा गरिँदा काली प्रसाद पराजुलीलाई गृह मन्त्रालयमा सरुवा भएका थिए । यस अघि गृहको कर्मचारी प्रशासन महाशाखा हुँदै योजना महाशाखातिर पुगेका पराजुलीले कार्तिक पहिलो साता देखि नै गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारी सम्हालेको महिना दिन पुग्दा समेत सामान्य प्रशासनको वेबसाइडमा काली प्रसाद पराजुलीको नाम उल्लेख गरिएको छ भने नीताको महाशाखा आन्तरिक उल्लेख गरिएको थियो । यस्तै रुद्रमान सिंह तमाङलाई रोजेरै कुलमान घिसिङले उर्जामा भित्र्याएको महिना दिन पुग्न लाग्यो उनलाई अझैं पनि सामान्यको वेव साइडमा क्षमता विकास महाशाखा हेर्ने सहसचिवको जिम्मेवारीमा देख्न पाइन्छ । पछिल्लो समय विवादमा मुछिएकी मीरा अचार्य सोही मन्त्रालयको प्रशासन सुधार महाशाखातिर सारिएको महिनौं भयो वेवमा उनको नाम नभेटिएको समाचार प्रकाशन गरे लगतै सामान्यले करेक्सन गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बिशेष