गरिखान देऊ अभियानका संयोजक ‘जेनजी’ मिराज ढुंगानाको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ । मंगलबार र बुधबार उनी सिंहदरबार प्रवेश गर्न खोजे पनि प्रहरीले उनलाई मुलुकको प्रशासकीय केन्द्र प्रवेशमा प्रहरीले रोक लगाएको हो ।
बिज्ञापन
आगामी फागुन २१ गतेको निर्वाचन बहिष्कार भन्दै आएको मिराज ढुंगानाको जेन जी समूहलाई मंगलबार समेत सिंहदरबार प्रवेशमा रोक लगाइएकोमा आज समेत सिंहदरबार प्रवेशमा अवरोध गरिएको छ । अस्ति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको उक्त समूहलाई गेटबाटै फर्काइएको थियो । हिजो पनि उनीहरु सिंहदरबार छिर्न खोजेकोमा प्रहरीले धकेलेर साइड लगाएको थियो ।
बिज्ञापन
उता सुशीला कार्की नेतृत्वको सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने माग गर्दै आएको जेन जी समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेको छ । मदन बुढा, पुष्प विक, राजेन्द्र कुवँर, रामचन्द्र जोशीलगायतका युवाहरु आज सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर अर्यालसँग भेटघाट गरेका हुन् ।


























