स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आजदेखि सिंहदरबारभित्रै सर्दैछ,त्यो पनि टहरामा । नेपालको केन्द्रीय प्रशासनिक मुटु सिंहदरबारको ठिक नजिकै रामशाह पथमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीका कारण जलेर पूर्णतः खण्डहरमा परिणत भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबार बाहिरबाट सिफ्ट भएर सिंहदरबारभित्र सिफ्ट हुने भएको हो ।
बिज्ञापन
नेपाली इन्जिनियरिङ इतिहास र आर्किटेक्टको दृष्टिकोणल रामशाह पथको रातोघरलाई विश्वकै नमूनाको रूपमा लिइदै आएको थियो । विश्वको प्रख्यात आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरबिनाको नमुना भवनको रूपमा यो भवन रहेको छ । पाँच दशक पूरानो र संसारकै नामी आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरविनाको नमुना डिजाइनमा बनेको भवन खण्डहरमा परिणत हुन पुगेसँगै स्वास्थ्य मन्त्रालय रामशाहपथबाट सिंहदरबारभित्र सर्न लागेको हो ।
बिज्ञापन
रामशाहपथमा रहेको स्वास्थ्य मन्त्रालयको भवन अन्तर्राष्ट्रिय स्तरमा चिनाएको प्रतीक थियो । युरोपका विद्यार्थीहरूले अध्ययनका लागि हेर्न आउने भवन, जहाँ एउटै हललाई आवश्यकता अनुसार कोठामा विभाजन गर्न सकिने थियो । स्वास्थ्य मन्त्रालयको यो भवन कुनै समय आर्किटेक्ट इन्जिनियरिङका विद्यार्थीका लागि अध्ययनको नमुना थियो । स्विट्जरल्यान्ड, जर्मनी, नेदरल्यान्ड, डेनमार्क, नर्वेका विद्यार्थीले आएर हेर्ने गर्दथे ।
२५ असार २०३० को आगलागीमा सिंहदरबारको पश्चिम लङबाहेक अन्य भागका भवन जलेर नष्ट भए । त्यसपछि सरकारका अधिकांश निकाय सिंहदरबार बाहिर सरे । स्वास्थ्य मन्त्रालय पनि टेकुमा रहेको राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको पुरानो भवनमा सरेको थियो । २०३९ सालमा सिंहदरबार र सर्वोच्च अदालतको अगाडि रामशाह पथमा रहेको नेपाल परिवार नियोजन तथा मातृशिशु कल्याण योजनाको कार्यालयमा स्वास्थ्य मन्त्रालय सरेको थियो । ५२ बर्षदेखि सिंहदरबार बाहिर रहेर सेवा दिइरहेको मन्त्रालय अब सिंहदरबारभित्रै सर्न लागेको हो ।
सिंहदरबारभित्र रहेको नेपाली सेना नर्सिङ दल गणको पुरानो खाली जग्गामा अस्थायी संरचना तयार पारी स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सर्न लागेको हो । आइतबारदेखि मन्त्रालयको सबै सेवा भित्रबाटै सञ्चालन हुने जनाइएको छ ।
जेनजीको तोडफोड र आगजनीका क्रममा एउटा इतिहास खण्डहर बनेसँगै रामशाहपथमै रहेको स्वास्थ्य अनुसन्धान परिषद्को भवनमा मन्त्रालय शरणमा बसिरहेकोमा अब मन्त्रालय सिंहदरबारभित्र सर्ने लागेको हो । विश्व स्वास्थ्य संठन (डब्लूएचओ( र नेपाल सरकारको सहयोगमा ६ वटा प्रिफ्याब भवन तयार भइसकेकाले मन्त्रालय बिहिबारदेखि सिंहदरबारभित्र सर्न लागिएको हो ।
बिज्ञापन
विश्व स्वास्थ्य संगठनले स्वास्थ्य मन्त्रालयको लागि झण्डै १० करोड खर्च गरेर ६ वटा प्रिफ्याब भवन बनाएको हो।बुधबार स्वास्थ्यमन्त्री डा सुधा गौतमलाई डब्लुएचओलेका दक्षिण–पूवी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा कथेरिन बोहेमले ती भवनका संरचना हस्तान्तरण गरेसँगै अब स्वास्थ्य मन्त्रालय सिंहदरबार परिसरभित्रै सर्न लागेको हो ।


























