राजस्व संकलन सुस्त : लक्ष्यअनुसार प्राप्ति ७७ प्रतिशत मात्र

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन। कार्तिक ३० गतेसम्म जम्मा ३ खर्ब २९ अर्ब ५१ करोड राजस्व संकलन भएको छ, जुन कार्तिकसम्मको लक्ष्य ४ खर्ब २५ अर्ब २३ करोडको ७७.४९ प्रतिशत मात्र हो।

बिज्ञापन

वार्षिक रुपमा सरकारले यो वर्ष १४ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। तर पहिलो पाँच महिनामै संकलन कमजोर देखिएको छ। कार्तिक महिनाको मात्र लक्ष्य १ खर्ब ३ अर्ब ७० करोड रहेकामा ७८ अर्ब ३३ करोड मात्र संकलन भएको छ, जसको प्राप्ति ७५.४९ प्रतिशतमा सीमित छ। कार्तिक ३० गते एकैदिन ३ अर्ब ६८ करोड संकलन भएको सरकारी तथ्यांकले देखाउँछ।

बिज्ञापन

गत आर्थिक वर्ष २०८१/८२ मा पनि यस्तै अवस्था देखिएको थियो। सो वर्षमा सरकारको वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड थियो। कार्तिकसम्मको लक्ष्य ४ खर्ब ६ अर्ब ३७ करोड पुगे पनि कार्तिक ३० गतेसम्म जम्मा ३ खर्ब २९ अर्ब २ करोड मात्र संकलन भएको थियो। त्यस्तै, कार्तिक महिनामा ७६ अर्ब राजस्व संकलन भएको थियो।

लगातार दुई वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलन नहुने अवस्था अर्थतन्त्रको चलायमानताबारे गम्भीर संकेतका रूपमा हेरिएको छ। आर्थिक क्रियाकलापमा आएको मन्दी, करदाताको क्षमतामा देखिएको दबाब तथा कर प्रशासनको कमजोरी यसका प्रमुख कारणका रूपमा देखिन्छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नयाँ सरकार बन्नुअघि आयल निगममा सेटिङमा निमित्त डिपो प्रमुख बनाउँदै

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

कागजमा मात्र ९३ प्रतिशत प्रगति,सचिव र डिजीको कार्यसम्पादनबाट मन्त्री रुष्ट

बिशेष