शहरी विकास मन्त्री समेत रहेका कुलमान घिसिङले मन्त्रालय मातहतका ६ जना सहसचिवको सरुवा गर्दा विगतमा विवाद र बदनामीमा मुछिएका एक सहसचिवलाई आकर्षक कार्यालयको जिम्मेवारी दिएका छन् ।
बिज्ञापन
तीन बर्ष अघि तत्कालीन सचिव रमेश सिंहसँगको मिलेमतोमा परामर्शदाता छनौंटमा गम्भीर बदमासी गरेको बिषय सार्वजनिक भएको थियो । तिनै सहसचिवलाई कनिष्ठ हुँदा हुँदै भवन विभागको महानिर्देशक बनाएर कुलमानले पुरस्कृत गरेका हुन ।
बिज्ञापन
मन्त्री घिसिङले यस अघि प्रकाशन सिंङ मन्त्री हुँदा उनको रोजाईमा परेका नेवार समूदायका कर्मचारीहरुलाई तितर वितर पार्दै मन्त्रालय मातहतको सबैभन्दा धेरै बजेट रहेको शहरी विकास विभागमा विगतमा बदनामीमा मुछिएका सहसचिवलाई ल्याएका हुन । उनले रविन्द्र बोहोरालाई भवन विभागको महानिर्देशकको जिम्मेवारी दिएका छन् भने सो विभागको नेतृत्वमा रहेका मचाकाजी महर्जनलाई बागमती सभ्यता एकीकृत विकास समितिमा पठाएका छन् । विभागका उपमहानिर्देशक प्रक्युर्ण तुलाधरलाई नायव विकास आयुक्तको जिम्मेवारी दिएर खटाएका हुन । प्रक्युर्ण बोहराभन्दा सिनियर हुन । भवन विभागको महानिर्देशको जिम्मेवारी सिनियारिटीका आधारमा उनले पाउनु पर्ने भए पनि विगतमा बदमासीमा जोडिएका कर्मचारीलाई विभागको महानिर्देशक बनाउन प्रदेशबाट मन्त्रालयमा तानिएको थियो,केही दिन अगाडि । यस्तै भवन विभागका उपमहानिर्देशक रोसन श्रेष्ठलाई शहरी पूर्वाधार प्रविधि अनुसन्धान तथा तालिम केन्द्रमा सरुवा गरेका छन्,मन्त्री घिसिङले ।
बोहरा यस अघि मेटमणि चौधरी मन्त्रीबाट बिदा भए पनि प्रधानमन्त्रीकै काँधमा उक्त मन्त्रालय हुँदा उनी कनिष्ठ भएर पनि तीन तीन वटा जिम्मेवारी पाउने भाग्यमानी कर्मचारीभित्र चिनिन्थे । सो समयमा १३औं नम्बरका सहसचिव बोहरालाई अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको सदस्य सचिवका अलवा एनयुजीआईपी र बन्चरेडाँडा आयोजनाको जिम्मेवारी दिइएको थियो ।उनी रमेश सिंह मन्त्रालयमा रहुन्जेल उनका दाहिने हात बनेका काम गरेका कर्मचारी हुन ।
बिज्ञापन
उनै बोहरा बोहरा विश्व बैंकको सहयोग रहेको नेपाल अर्बन गभर्नेन्स एण्ड इन्फाष्ट्रक्चर प्रोजेक्ट (एनयुजीआईपी)को प्रमुख र बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका आयोजना प्रमुखका रुपमा कार्यरत रहेको समयमा बोहराले कुनै एक कन्सलटेन्सीसँग सेटिङ गरी करोडौ रकम नेपाल सरकारलाई नोक्सान पारेका थिए । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विश्व बैंकको सहयोग रहेको एनयुजीआइपी–युडीएसटी आयोजनाको परामर्शदाता छनोटमा राम्रै चलखेलमा समेत रविन्द्रको नाम जोडिएको थियो सो समयमा । जसरी कुनै पनि परीक्षामा पहिल्यै प्रश्नपत्र बाहिर आएपछि त्यो परीक्षा रद्द हुन्छ । तर, एनयुजिआइपी–युडिएसटीको मूल्यांकनको गोप्य मापदण्ड पहिले नै इआरएमसी–उदय कन्सलटेन्सीलाई दिएको रहस्य खुलिसक्दा पनि टेण्डर रद्द नगरी सट्याकसुटुक काम गराइएको थियो । सो समयका आयोजना प्रमुख रवीन्द्र बोहोराले गोप्य रहनुपर्ने प्राविधिक मूल्यांकन प्रस्ताव नै सेटिङ भएको कन्सलटेन्सीलाई दिएको र ऊ नै परामर्शदाता छनोट भएको थियो । यस्तो देखादेखी कारोबारबाट शहरी विकासको ८२ करोड रुपैयाँ तलमाथि भएको उनीसँगै काम गरेका सहसचिवहरु बताउँछन् ।
सो समयमा पिएमएसटी र युडिएसटी दुवै आयोजनाको परामर्शदाता छानिनुअघि नै २० करोड रकम लिइसकेको काम नपाउने प्रतिस्पर्धीको गुनासो छ । आयोजना प्रमुख रवीन्द्र बोहोराले मुखै खोलेर इआरएमसीले बाहेक अरुले पिएमएसटी राम्रोसँग गर्न सक्दैन भन्ने गरेका थिए । यसैले पिएमएसटीमा अरु फर्मलाई करिब २० अंकसम्म कम दिई अरुले सित्तैमा काम गर्छु भन्दा पनि नपाउने हिसाबले इफ्तिसा–इआरएमसी जेभीलाई प्राविधिक प्रस्तावमा अंक दिने काम उनै रविन्द्रको अग्रसरतामा भएको थियो ।
यही बिषय बाहिरिएपछि रामकुमारी झाँक्रीले मन्त्री पद सम्हाल्नासाथ बोहोरालाई अनियमिततामा मुछिएको र सचिव रमेश सिंहको निकट भनी अधिकारसम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिको प्रमुखबाट मन्त्रालयमा तानी पेन्डुलम बनाइएको थियो । सो समयमा रमेश सिंहको दाहिने हात रहेर काम गरेका उनै बोहराले शहरी विकास मन्त्रालयका टुक्रे २० लाखका कन्सलटेन्सीको काम दिनेदेखि सबैको सेटिङमा सघाएका थिए । यसरी जेनजीको रगतको बलमा बनेको सरकारका मन्त्री कुलमान घिसिङले विवादित र बदनाम कर्मचारीलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएर सुशासन र भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्ने जेनजी अभियानको मर्ममा ठेस पुर्याएको चर्चा हुन थालेको छ ।


























