लोकसेवाले खोल्यो शाखा अधिकृत तहको विज्ञापन

लोक सेवा आयोगले शाखा अधिकृत (प्राविधिक) र स्वास्थ्य सेवाका विभिन्न पदमा कर्मचारी माग गरेको छ ।तीन सयभन्दा बढी कर्मचारी माग गरेको छ । आयोगले आज शाखा अधिकृत (प्राविधिक) र स्वास्थ्य सेवाका सातौं र आठौं तहका विज्ञापन खोल्दै ती पदमा कर्मचारी माग गरेको हो ।

बिज्ञापन

आयोगले जेष्ठता र कार्यसम्पादनद्धारा मूल्यांकनद्धारा गरिने बढुवाका लागि विज्ञापन खुलाएको हो । आयोगले प्राविधि तर्फका विभिन्न पदका लागि ३ सय भन्दा बढी कर्मचारी माग गरेको छ । जस अनुसार स्वास्थ्यतर्फ सातौं र आठौँ तहका ३९ सहित १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि विज्ञापन गरेको हो ।

बिज्ञापन

आयोगले निजामतितर्फ प्राविधिकको राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आवेदन खुलाएको हो।

आयोगका अनुसार आगामी मंसिर १६ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ।

बिज्ञापन

आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिन्छ।

आवेदन दस्तुर प्रत्येक विज्ञापनका लागि १ हजार २०० सय र एकै पदका लागि समावेशीतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा प्रत्येकका लागि थप ४ सय रूपैयाँ जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कम्युनिष्ट नेताहरुको चिन्ता : ‘नेपाललाई युक्रेन बनाउने षडयन्त्र हुँदैछ’

स्थानीय तहबाट संघीय संसदमा उक्लने तयारीमा तीन ‘चर्चित मेयर’

सरकारी संयन्त्रकै अडिट निकायमा घुसको सञ्जाल : सरकारी कर्मचारीबाटै महालेखा र कोलेनिकालाई दिन्छन घुस

अदालतबाट हाजिरी जमानीमा छुटेलगतै सिइओ बैंकमा हाजिर,प्रमाण नष्ट हुने संकेत

जेनजी अगुवा किरण-ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

साल्ट ट्रेडिङमा उर्मिलाको मनपरीतन्त्र,अनियमितताको आरोपसहित मन्त्रालयमा उजुरी

विद्युत प्राधिकरणले माग्यो अधिकृतदेखि सहायकस्तरका २६० कर्मचारी

सात श्रीमान तापिरहन्छन् घाम

बिशेष