पूर्व सचिवको संयोजकत्वमा कुलमानको पार्टी,सुमनासँग मिलेन कुरा

ऊर्जामन्त्री कुलमान घिसिङको पार्टीको नेतृत्व पूर्व उर्जा सचिव अनुपकुमार उपाध्यायले गर्ने भएका छन् । ‘उज्यालो नेपाल’ नामक पार्टी गठन गर्न लागेका कुलमानले सो पार्टीको संयोजकका रुपमा पूर्व उर्जा सचिवलाई अगाडि सारेका हुन ।

बिज्ञापन

आज पूर्वसचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा पार्टी दर्ता गर्न आयोग जाने तयारी भएको कुलमान निकट स्रोतहरुले जनाएको छ । कुलमान मन्त्रीमा बसिराख्ने र पार्टीमा भने अनुप उपाध्यायलाई संयोजक बनाउने गरी सहमति भएको छ सो स्रोतले भन्यो । केहीबेर पछि नै घिसिङसहितले पूर्वऊर्जा अनुपकुमार उपाध्यायको संयोजकत्वमा उज्यालो नेपाल नामक दल निर्वाचन आयोगमा दर्ताका लागि बहादुर भवनमा जाने तारी भइरहेको जनाइएको छ । उक्त दलले चुनाव चिह्न भने बिजुलीको चिम राख्ने निर्णय गरेको छ।
सयोजक बाहेकका पद नराख्ने पनि अनौपचारिक सहमति जुटेको बताइएको छ । चुनाव चिन्ह भने बिजुलीको चिम राख्ने सहमति जुटेको छ ।
उपाध्यायले ०७५ मंसिरमा सचिव पदबाट राजीनामा दिएका थिए । अवकासको तीन महिना अगाडि उनले सचिव पदबाट राजीनामा दिएर हिडेका थिए उपाध्याय । उनी लामो समय ऊर्जा मन्त्रालयमा कार्यरत रहे । लोडसेडिङ हटाउने अभियानमा तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँगै उनको पनि महत्वपूर्ण भूमिका थियो । उनी सञ्चालक समितिको अध्यक्षमा रुपमा रहेर प्राधिकरणलाई नाफामा लैजान र उचित तबरले व्यवस्थापन गर्न सफल भएका थिए ।

बिज्ञापन

यसैबीच निवर्तमान सांसद सुमना श्रेष्ठ भने ऊर्जामन्त्री कुलमान घिसिङको पार्टीमा नअटाउने भएकी छिन् । घिसिङले सुमनालाई साथ नलिने निर्णयमा पुगेका छन् । सुमना श्रेष्ठले पनि तत्काल घिसिङसँगको सहकार्य टुटेको बताएकी छिन्।

पूर्व मन्त्री समेत रहेकी श्रेष्ठले केही समयअघि मात्रै रास्वपा छोडेकी हुन्। उनी घिसिङलाई रास्वपामा लगेर सभापति बनाउन चाहन्थिन। त्यसको प्रयास गरेकी पनि थिइन्। तर, रवि लामिछानेले सभापति पद छोड्न अस्वीकार गरेपछि श्रेष्ठ घिसिङकै नेतृत्वमा नयाँ दल खोलेर चुनावमा जान तयारीमा थिइन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

वालेनको नागरिकता कीर्ते,पाँच बर्ष जेल हाल्न माग गर्दै गृहमा उजुरी

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

बिशेष