आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एक लाख ३६ हजार ६० जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले शुक्रबार दिएको जानकारीअनुसार बिहीबार मात्रै ११ हजार १९७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
बिज्ञापन
२१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ । निर्वाचन घोषणा भएको मितिबाट मतदाता नामावली संकलन नगरिने कानुनी व्यवस्थालाई सरकारले संशोधन गरेपछि अहिले धमाधम मतदाता नामावलीमा नाम दर्ता गर्न काम भइरहेको छ । आयोगले ३० कात्तिकसम्म मतदाता सूचीमा नाम दर्ता गराउन सकिने समय दिएको छ ।
बिज्ञापन
निर्वाचन आयोगले दिएको जानकारी अनुसार, असोज १० गतेदेखि आयोगले कात्तिक ३० सम्म नयाँ मतदातालाई मतदाता सूचीमा नाम दर्ता गर्न सार्वजनिक सूचना जारी गर्दै समय तोकेको छ । जसअनुसार असोज १० पछि हिजो बेलुकासम्म १ लाख ३६ हजार ६० जना मतदाता थपिएको आयोगले जनाएको छ । बिहीबार एकै दिन ११ हजार एक सय ९७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।
तीमध्ये ६ हजार चार ६१ पुरुष र ४ हजार सात सय ४३ जना महिला छन् । अन्य दुई जनाले पनि नामावलीमा नाम दर्ता गराएका छन् । यो सँगै नयाँ नाम दर्ता गर्ने पुरुषको जम्मा संख्या ८१ हजार ८ सय ६४ पुगेको छ भने ५४ हजार एक सय ७८ पुगेको छ भने अन्य १८ जना रहेको आयोगले जनाएको छ ।

























