डा. विलोक मिश्रको असामयिक निधन

जनकपुरधाम, मंसिर २२ — जनकपुरधामका युवा चिकित्सक डा. विलोक मिश्रको असामयिक निधन भएको छ। ३४ वर्षीय मिश्रको सोमबार राति जनकपुरधाम–४ सरस्वतीनगरस्थित आफ्नै निवासको बाथरुममा लडेर टाउकोमा गम्भीर चोट लागेपछि उपचारकै क्रममा ज्यान गएको हो।

बिज्ञापन

 

बिज्ञापन

घटनापछि उनलाई तत्काल जनकपुरधामकै अस्पतालमा लगिएको थियो। तर स्वास्थ्य अवस्था जटिल भएपछि मंगलबार थप उपचारका लागि काठमाडौँको नर्भिक अस्पताल स्थानान्तरण गरिएको थियो। नर्भिकमा उपचार भइरहेको बेला उनको निधन भएको परिवारका स्रोतले जनाएको छ।

 

बिज्ञापन

डा. मिश्र केही महिनाअघि मात्र जनकपुरधामको बसहिआ रोडमा सञ्चालनमा आएको सुविधा सम्पन्न सोनासती अस्पतालमा कार्यरत थिए। सोही अस्पतालका सञ्चालक अनिल मिश्राका कान्छा छोरा समेत रहेका उनी जनकपुरको चिकित्सा क्षेत्रमा उदाउँदो चिकित्सकका रूपमा परिचित थिए।

 

उनको असामयिक निधनले जनकपुरका चिकित्सक समुदाय र स्थानीयवासी शोकमा डुबेका छन्। सहकर्मीहरूले उनी मेहनती, सेवाभावी र जिम्मेवार चिकित्सकको रूपमा परिचित रहेको स्मरण गरेका छन्।

 

स्थानीय चिकित्सक संघले उनको योगदानको कदर गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ। अन्त्येष्टि सम्बन्धी कार्यक्रमबारे पारिवारिक स्रोतले पछि जानकारी दिने जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

५ उपसचिवसहित ५४ अधिकृतहरुको सरुवा

उद्योग मन्त्रालयमा स्थायी कर्मचारीकै यस्तो दुर्दशा

सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

एक सय दिनका १०१ उपलव्धी सार्वजनिक गर्दै मन्त्री घिसिङले गरे राजीनामाको संकेत

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

बिशेष