चार कर्मचारी बर्खास्त,तीनलाई विभागीय कारवाही

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार कर्मचारी बर्खास्त भएका छन् भने तीन माथि विभागीइ कारवाही अगाडि बढाइएको छ ।
प्रतिष्ठानले नियम विपरीत कार्य गर्ने पाँच कर्मचारीलाई बर्खास्त र तीन जनामाथि विभागीय कारबाही अघि बढाएको जनाएको छ ।

बिज्ञापन

प्रतिष्ठानका अनुसार डा मोहन्चन्द्र रेग्मी, लक्ष्मी सुवेदी, दिरण भट्टराई र सुरेन बास्फोर बर्खास्तमा परेका छन् । तीन जनामाथि विभागीय कारबाही अगाडि बढाएको छ ।बर्खास्तीमा परेका मध्ये रेग्मी प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ हुन । उनी प्रतिष्ठानमा कार्यरत रहँदै काठमाडौंस्थित सिभिल अस्पतालको निर्देशकमा नियुक्त भएका थिए । दुई वर्षका लागि काजमा खटिएका भए पनि काज अवधि सकिएपछि पनि प्रतिष्ठानमा हाजिर नगरेकाले उनलाई बर्खास्त गर्रिको छ । यस्तै उनको पत्नी तथा प्रतिष्ठानकै स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनकी असिस्टेन्ट प्रोफेसर लक्ष्मी सुवेदीलाई पनि बर्खास्त गरिएको छ । सुवेदीलाई अध्ययन बिदा स्वीकृत नगरी नियम विपरीत विदेश गएको पुष्टि भएपछि उनलाईसमेत बर्खास्त गरिएको जनाइएको छ । यस्तै कर्मचारीहरू दिरण भट्टराई र सुरेन बास्फोर पनि बर्खास्तीमा परेका छन् । ती कर्मचारीहरूले काममा लापरबाही, प्रशासनिक नियम उल्लंघन र अनुशासनहीन व्यवहार गरेको आरोपमा बर्खास्ती गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

बिज्ञापन

यस्का अलवा हाडजोर्नी विभागका प्रमुख डा रोशन कलवार र शाखा अधिकृत कान्तलाल चौधरीमाथि एक ग्रेड घटाई विभागीय कारबाही गरिएको छ । उनीहरूलेसमेत पदको दुरुपयोग र आन्तरिक नियमविपरीत काम गरेको पाएपछि त्यसअनुसार कारबाही अगाडि बढाइएको प्रतिष्ठानले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

किराना र कस्मेटिक पसल अनुगमनमै बित्यो डिजी ज्ञवालीको चार महिना

सशस्त्रका तीन एआईजीको सरुवा

नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

श्रमिक ठगी न्यूनीकरण र सूचनामा पहुँच बढाउन ‘हेल्प टु हेल्प डेस्क’

अब न्यायधीशलाई पनि निजामती सरह मासिक पाँच हजार मंहगी भत्ता,छापियो राजपत्रमा

प्रधानसेनापति सिग्देलको भनाइपछि राजसंस्था र राष्ट्रिय सुरक्षाबारे बहस चर्कियो

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु : ओएनएम स्वीकृत,अस्थायी दरबन्दी थप,सरुवादेखि बढुवासम्म

तातोपानी नाकाबाट तस्करी, सशस्त्रको फन्दामा परे तस्करी

बिशेष