सिंहदरबारमा क्याविनेट बैठक जारी,केही सचिवहरुको सरुवा हुन सक्ने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ। बैठक १ बजेदेखि सुरु भएको हो । बैठकमा चुनाव केन्द्रित छलफलका अलवा विभिन्न मन्त्रालय र निकायबाट आएका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णय हुने बताइएको छ । बैठकले केही सचिवहरूको सरुवा सम्बन्धी निर्णय समेत गर्न सक्ने बताइएको छ ।

बिज्ञापन

आजै ४ बजे प्रधानमन्त्री सुशीला कार्कीले जेन जीसहितको शीर्ष राजनीतिक दलका प्रतिनिधिसँग संयुक्त बैठक आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठक पछि दलका प्रतिनिधि र जेन–जी आन्दोलनका अगुवाहरूबीच चुनावकेन्द्रित छलफल गर्न प्रधानमन्त्रीले संयुक्त बैठक आह्वान गरेकी छिन् ।

बिज्ञापन

प्रधानमन्त्री कार्की सचिवालयका अनुसार आज हुन लागेको त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुँदैछन् । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ । जहाँ राजनीतिक दलका दोश्रो तहका नेताहरु छलफलमा सहभागी हुनेछन् ।

सो छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल लगायत रहनेछन् भने राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा प्रकाशशरण महत, नेकपा एमालेका तर्फबाट कुनै पदाधिकारीका साथमा केन्द्रीय सदस्य महेश बर्तौला, माओवादीबाट वर्षमान पुन र माधव सापकोटाले छलफलमा सहभागी हुने छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

११ जिल्लाको निर्वाचन गराउने जिम्मा महिलाको काँधमा,मुस्ताङमा सिडियो र डिएसपी नै महिला

सचिव घिमिरे अनिवार्य अवकाशमा,चालु आवमा घर जाँदैछन् यी पाँच सचिव

एमालेका संविधानसभा सदस्य तथा रसुवा अध्यक्ष जनार्दन ढकाल कांग्रेस प्रवेश, रुखमा मतदानको अपिल

वालेनको नागरिकता कीर्ते,पाँच बर्ष जेल हाल्न माग गर्दै गृहमा उजुरी

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

बिशेष