प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन् । कार्कीले आज चार मन्त्री थप्न लागेको बालुवाटार स्रोतले जानकारी दियो ।
बिज्ञापन
डा. सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या, खगेन्द्र सुनार श्रम तथा रोजगार, गणपतिलाल श्रेष्ठ पर्यटन, बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने तय भएको बताइएको छ ।
बिज्ञापन
चारै मन्त्रीलाई आजै शपथ खुवाउने तयारी छ ।
मन्त्रीमा लागि सिफारिस भएकी डा.सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव एवमं स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन् । यस्तै गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् । उनले विभिन्न क्षेत्रमा गएर सम्पदा संरक्षणका लागि उल्लेखीय भुमिका खेलेका छन् ।
बिज्ञापन
यस्तै, खगेन्द्र सुनार दलित अधिकारकर्मी हुन् । उनी दलितको हक अधिकारका लागि लड्दै आएका छन् । ‘दलित खै ?’ भन्दै नेल लगाएर काठमाडौंमा प्रदर्शन समेत गरेका थिए । बब्लु गुप्ता सामाजिक कार्यक्रम सकृय छन् । साहार नभएकोहरुको साहारा बनेका गुप्ताले विद्यार्थीहरुलाई निशुल्क पढाउने लगायतका सामािजक कार्य गर्दै आएका छन् ।


























